Author: Dipak Dhamala

काठमाडौँ — बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चाैधरीलाई धनगढी ल्याइएकाे छ । चाैधरीलाई श्रीएयरलाइन्सकाे विमान मार्फत धनगढी ल्याइएकाे हाे । चाैधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिने भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जाेशीले चाैधरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिने जानकारी दिए । डीएसपी जाेशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीकाे मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएकाे थियाे । बिहीबार अपराध अनुसन्धान महाशाखाकाे टाेलीले काेहलपुरबाट पक्राउ गरेकाे थियाे । बाँकेबाट श्रीएयरलाइन्सकाे विमानबाट काठमाडौं लगिएकाे थियाे । चाैधरी पक्राउ परेकाे विरोधमा…

Read More

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ । नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो । पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । क्यानले लामिछानेमाथिको कारबाही फुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो । जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । उक्त निवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको छ ।

Read More

दाेलखा – दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती , रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको कालीञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशङ्का गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन…

Read More

काठमाडौँ – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । बिहीबार विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी…

Read More

युक्रेन हमलाको वर्षगाँठको आसपासमा ठूलो आक्रमण गर्ने तयारीमा रुस रहेको दाबी युक्रेनी रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री ओलेक्सी रेज्नीकोवले रुसले आक्रमणको वर्षगाँठ फेब्रुअरी २४ को आसपासमा ठूलो आक्रमणका लागि ठूलो संख्यामा सैनिकलाई युक्रेनी सीमा क्षेत्रमा एकीकृत गरिएको दाबी गरेका हुन् । आक्रमणका लागि रुसले कम्तिमा पाँच लाख सैनिकलाई परिचालन गरेको दाबी पनि रेज्नीकोवको छ । फ्रान्सेली न्युज नेटवर्क बीएफएमसँग कुरा गर्दै उनले रुस निर्णायक आक्रमणको खोजीमा रहेको बताएका हुन् । तर, युक्रेनी सेना पनि अहिलेको भन्दा पछाडि हट्ने अवस्थामा नरहेको भन्दै युक्रेनी विदेशमन्त्री रोज्नीकोवले रुसी योजनालाई असफल बनाउने रणनीतिमा जुटेको बताए । उता, नाटो महासचिव जेन्स स्टोलटेन्वर्गले पनि रुस आफ्नो…

Read More

काठमाण्डाै – आज विश्व–सिमसार दिवस मनाइँदैछ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूर्ण मानिन्छ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो । सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ । यस्ता सिमसार क्षेत्रहरूहरु दुर्लभ चरा–चुरुङ्गीहरुको पनि मुख्य बासस्थान मानिन्छ । नेपालको सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरु आइपुग्ने गरेका विभिन्न अध्ययनहरूले देखाएको छ । यसबाहेक सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमसार क्षेत्र छन् । विश्व…

Read More

काठमाण्डाै – तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका जिल्ला हुस्सु कुहिरोका कारण प्रभावित छन् । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा भिजिबिलिटी समेत घटेको छ । भिजिबिलिटी घटेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । तत्काललाई वर्षा र हिमपातको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पदभार ग्रहण गरेको ३ साता पुग्नै लाग्दासमेत विश्वासको मत लिन सकेका छैनन् । मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे निर्णय नगर्दा अन्योल देखिएको हो । नेकपा एमालेका उनी गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्रीमा विश्वासको मतमात्र होइन मन्त्रिमण्डल विस्तार गर्न नसक्दा अन्योल देखिएको छ । उनले २८ पुसमा पदभार ग्रहणसँगै नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोषकुमारी शर्मा थापालाई बिनाविभागीयमन्त्रीमा नियुक्त गरेका थिए । सुदूरपश्चिममा सातजना मन्त्री, चार राज्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । तर, हालसम्म अन्योलता कायमै रहेको…

Read More

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।  आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँने तयारीमा छिन् ।  श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन्।  आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले बताए ।

Read More