Author: Dipak Dhamala

टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा धेरै पुगेको छ । गएको सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ । चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् । भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो । यस्तै, १ सय ४ घण्टापछि…

Read More

काठमाडौं – भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन, सोमवार उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन।

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता एवं सांसद लालवीर चौधरीले आफ्ना माग र मुद्दा सम्बोधन नभए सुदूरपश्चिम प्रदेशको नयाँ सरकारलाई पनि विश्वासको मत दिन नसक्ने बताएका छन् ।‘हिजो हाम्रो समर्थनमा राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँहरुले थारु समुदायको नयाँ वर्षको खुसीयालीमा रेशम चौधरीलगायत सात जेलबन्दीलाई रिहा गर्छौं भन्नुभएको थियो । हामी कुरेर बस्यौं । प्रधानमन्त्री, सभामुख, उपसभामुखलाई मत दिएर जितायौं । तर हाम्रो माग अघि नबढेपछि बाध्य भएर रावललाई विश्वासको मत दिन सकेनौं,’ चौधरीले भने । नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहको नेतृत्वमा गठित नयाँ सरकारमा सामेल हुने कि नहुने भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई अझै…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनियताको सपथ लिएर सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्। नवनियुक्त मुख्यमन्त्री शाहले आज ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ लिने भएकक हुन्। प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ लिनेछन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम आज ४ बजे गर्ने भनिएपनी ठ्याक्कै समय भने निर्धारण हुन बाँकी रहेको छ। नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।…

Read More

काठमाडौं – कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो । बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’ यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको…

Read More

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सुदूरपश्चिमले पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल दार्जिलिङलाई २–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । खेलमा कुर्सेङले सुरुवाती अग्रता लिए पनि रक्षा गर्न सकेन । खेलको ३७औँ मिनेटमा कुर्सेङका नयन प्रधानले १–० का लागि गोल गरे । कुर्सेङको अग्रता तीन मिनेट मात्र रह्यो । खेलको ४०औँ मिनेटमा सुदूरपश्चिमले बराबरी गोल फर्काउन सफल भयो । सुदूरपश्चिमका लागि भरत टमाटाले १–१ को बराबरी गोल गरेका हुन् । टमाटाले कर्नरबाट प्राप्त फ्रिकिकमा सीधै गोल गरे । निर्धारित ९० मिनेट समयमा दुवै पक्षबाट थप कुनै गोल भएन । त्यसपछि खेलमा २० मिनेट थप गरिएको थियो । थप…

Read More

 काठमाडौँ – नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।  माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइ/बुनाइ १०, कुचीकार ३० जना रहेको छ । उक्त पदमा फागुन ३० गतेसम्म दरखास्त दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

Read More

काठमाडौं  – नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै  प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ । आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो । जसअनुसार प्रदेश नं। १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ ।  मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन्…

Read More

काठमाण्डाै – साउदी प्रो लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो सहभागी टिम अल नासर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा अल वेह्दालाई ४–० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो । अल नासरको जितमा क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका छन् । रोनाल्डोले २१, ४०, ५३ र ६१ मिनेटमा गोल गरेका हुन् । अल नासर १६ खेलमा ३७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।  राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी गरिसकेको छ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ र साँझ ५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजे संसद्को दोस्रो बैठक बस्ने कार्यसूची रहेको छ । आजको दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ माघ २७ गते…

Read More