Author: Dipak Dhamala

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा टोटेनहम्याम हटस्परले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । टोटनह्यामले वेस्टह्याममाथी २–० को विजय हासिल गरेको हो । इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनह्यामले घरेलु मैदानमा वेस्टह्यामविरुद्ध २–० को जित हासिल गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्टह्यामले टोटेनह्यामलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलमा ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनह्यामलाई १–० को अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल…

Read More

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धलाई ध्यानमा राख्दै चीनले रुसलाई हतियार र गोलाबारुद दिने विचार गरिरहेको दाबी गरेका छन् । एन्टोनी ब्लिन्केनले सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘चिनियाँ कम्पनीहरूले रुसलाई सहयोग गर्दै आएका छन्। यी सहायता यस्तो थियो कि त्यसबाट कुनै विनाश वा विनाश नहोस्। तर अब नयाँ जानकारीका अनुसार चीनले अब रुसलाई हतियार वा विनाशकारी गोलाबारुद उपलब्ध गराएर सहयोग गर्न सक्ने देखिन्छ ।’ ब्लिन्केनले चीनले यस्तो गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए । रुसले सैन्य हतियार माग गरेको भनिएको समाचारलाई चीनले अस्वीकार गरेको छ । चीनको विदेश मन्त्रालयले रुससँगको सम्बन्धका विषयमा अमेरिकाले औंला उठाउने कार्य सह्य नहुने…

Read More

काठमाडौँ । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख…

Read More

राधा कृष्ण देउजा,काठमाडौँ – नेपाल प्रहरीको एआइजी बढुवा नजिकिंदै जाँदा निरन्तरको प्रहरी बढुवा समय जस्तै अहिले पनि अनेकन आरोप प्रत्यारोप षड्यन्त्रहरुको खेलो फडको सुरु भएको छ । यस्तैमा प्रहरीको घृणित खेलो फडकोको निशानामा अहिलेको बढुवाका प्रतिष्पर्धी रहेका नेपाल प्रहरीका डिआइजी अशोक सिंहलाइ पारिएको हो कि जस्तो लाग्छ । त्यसैले नै त हो कहिले उनको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको विषयलाइ फिराद पत्रनै सार्वजनिक गराइएको छ भने कहिले प्रहरी किताव खानामा सुरक्षित र गोप्य रहनु पर्ने निजको व्यक्तिगत विवरणको प्रमुख कागज नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिनै पत्रपत्रिकालाइ उपलव्ध गराउने काम भएको छ । यसो हेर्दा पत्रपत्रिकाले निकालेको समाचारमा प्रहरीको आन्तरिक…

Read More

राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ ।  फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्यो । म्याचेस्टर युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई गोल गरे भने जडन सान्चोले एक गोल गरे । तेस्रो स्थानमा रहेको म्याचेस्टर युनाइटेडले जितसँगै ४९ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ५२ अङ्कसहित दोस्रो स्थानमा छ भने ५४ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ । लेस्टर सिटी २४ अङ्कसहित १४औँ स्थानमा छ । यस्तै, गएरातिकै अर्को खेलमा टोटेनह्यामले वेस्टह्यामलाई २–० गोल अन्तरले हराएको छ । टोटेनह्यामका लागि इमरसन रोयल र सन हिउन्ग–मिनले एक/एक गोल गरे । अङ्क…

Read More

काठमाण्डाै – राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ । मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग भएको समझदारी अनुसार कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर…

Read More

धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ। उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक इन्जिनियरलाई एक लाख ५० हजार पुरस्कार दिने भएको छ। यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ। प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरका मेयर गोपाल हमालले बताए।प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ। प्रतियोगितामा पहिलो र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरले क्रमश १ लाख ५० हजार र ७५ हजार पुरस्कार दिने जनाएको छ। यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरको तयारी…

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको आरोपमा गत माघ १९ गते पक्राउ परेका थिए । २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका सांस चौधरीलगायत चारजनाको नाम समावेश रहेको छ । १० बजेपछि जिल्ला…

Read More

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताउनु भएको छ । उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गर्नु भएको छ । पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै…

Read More