Author: Dipak Dhamala

जनकपुर – नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो । एमालेका अनुसार  विघटित  जिल्लाहरूको अधिवेशन तोकिएको छ ।  बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिति विघटन गरिएको हो । जिल्ला अधिवेशन पछि नयाँ नेतृत्व आउनेछ । सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेस प्रदेश…

Read More

काठमाडौं – आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा आयोजना हुँदैछ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । नामिबिया भने आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो । सिरिजमा नेपाल २६ खेलमा २२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन रेका छन् ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।”कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पुर्याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण…

Read More

कञ्चनपुर – कञ्चनपुरमा १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन्। उनीहरुको साथबाट १५ लाख २८ हजार ५ सय ८८ भारतीय रुपैयाँ, ६ सय ५५ रुपैयाँ नेपाली रुपैयाँ, सिक्री ४ थान, पाउजु १ जोडी, औँठी ४ थान, बाला ३ थान, टप १० थान, बटन १ थान बरामद गरिएको छ। यसै गरी, झुम्का १ जोडी,…

Read More

धनगढी: डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको केआइसिंह गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने बर्ष ३६ का चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर लक्ष्मीराज जोशीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी अन्य ६ जना यात्रु पनि घाईते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रीमती बर्ष २६ की राधा तिरुवा अवस्था गम्भीर रहेको छ। दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको छ। यस्तै सामान्य घाईते सोही ठाउँका समीर तिरुवा,…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छिन् ।  उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गरिन् ।  उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताइन् । मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र…

Read More

काठमाडौँ – महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण…

Read More

काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उहाँ परमाधिपति हुनुहुन्छ । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछन् । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट…

Read More

प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र  कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गरे । प्रधानसेनापति शर्माले सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गरे । उनले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत…

Read More

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने बालुवाटार पुगेका थिए ।  सो क्रममाजनमोर्चाका अध्यक्ष केसीले महँगी नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका थिए ।

Read More