भैरहवा – अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि नेपाली व्यवसायीले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षानिकायले तस्करको सम्भावित क्षेत्रको…
Author: Saru Shrestha
काठमाडौँ – यती एयरलाइन्सको आइतबार भएको दुर्घटना लगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडान पूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार…
धनगढी – सुदूरपश्चिम प्रदेशमा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई मत दिने भएको छ। नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुखमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न समझदारी भएको छ। यस्तै पार्टी केन्द्रले प्रदेशसभा सदस्यहरूलाई मतदानका लागि निर्देशनसमेत दिएको छ। सोमबार उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधारीको उपस्थितिमा धनगढीमा बैठक बसेरै गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिइएको हो। उक्त पार्टीका प्रतिनिधिसभाका सचेतक अरूणकुमार चौधरीले ९भोलि० मंगलबार सुदूरपश्चिम प्रदेशसभाले सभामुखमा पाउने बताए। तर, प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले भने…
महोत्तरी – विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो । बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दुस्ख ब्यक्त गरिएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ । उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् । त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु…
काठमाडौं – आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार बिमा दलाल ९ब्रोकर० का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको हो । दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । “बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ । पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका…
काठमाडौं – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट लिगमा सोमबार सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा गण्डकीले प्रस्तुत गरेको ६१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा ओपनर तथा कप्तान विन्दु रावलले अविजित ४६ रन बनाइन् । विन्दुले ४३ बलमा आठ चौका प्रहार गरिन् । यसबाहेक सोभा रोकाया आठ रनमा अविजित रहँदा यसोदा विष्टले टिमको खातामा दुई रन थपिन् ।गण्डकीकी रचना चौधरीले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६० रनको योगफल खडा गरेको थियो…
काठमाडौं – चोभारमा ३ जना सवार बा ५ च ५६५४ नम्बरको कार दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट एकजनाको उद्धार गरी अस्पताल लगिएको छ । बाँकी दुईजनाको खोजी र्काय जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनीहरू सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ । कार चोभारबाट खोकनातर्फ जाँदै थियो ।
महोत्तरी – गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् । मधेश आन्दोलनको समयमा लखेटी(लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ । उच्च अदालत जनपुरले २०७७ मा महतोलाइ पक्राउ गरी पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार…
काठमाडौं – मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ भने आज राष्ट्रिय शोक दिवस भएकाले सम्भवः नभएकाले भोली मंगलवार नयाँ मन्त्रीहरुको सपथ…
धनगढी – धनगढी विमानस्थलमा पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो। सो घटनामा धनगढी विमानस्थल परिवारले दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।एयरलाइन्स परिवार, विमानस्थल प्रहरीलगायतले दीप प्रज्वलन गरेर दुख व्यक्त गरेका हुन्। सो दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए। उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरेका थिए। विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो। उद्धारमा खटिएका सुरक्षाकर्मीका…