काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरूले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास गरिरहेको उनको भनाइ थियो। उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।
Author: Saru Shrestha
गोरखा – गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वि।सं। २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गर्दै औपचारिक रूपमै मनाउने निर्णय गरेको हो ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो कार्यकालका दोस्रा नवनियुक्त मुख्यमन्त्रीले पदभार सम्हालेका छन्। शुक्रवार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हालेका हुन्। यस्तै उनले आजै नियुक्त गरेका २ मन्त्रीहरूले पनि पदभार सम्हालेका छन्। मन्त्रीद्वय प्रकाशबहादुर देउवा र नरेश शाहीले पदभार सम्हालेका हुन्।देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार सम्हालेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको…
काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसले सत्ता यात्रा सुरु गरेको छ। सत्ता बाहिर रहेको डेढ महिनामै कांग्रेसले सत्तामा ‘कमब्याक’ गरेको हो। सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेपछि एमाले देउवाको प्रदेशको नेतृत्वबाट बहिर्गमन परेको हो। मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई समर्थन गरेको सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको हो । एमाले नेतृत्वको सरकार ढलेसँगै संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन्। उनले पनि एक…
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन । सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन । ‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’ आफना…
धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले आजै सरकारी आवास पनि छाडेका छन्। प्रदेश सभामा सम्बोधनपछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर निजी गाडीमा सरकारी निवास फर्किएका थिए। सरकारी निवासबाट उनी अझै महेन्द्रनगर स्थित आफ्नो निजी निवासमा लागेका छन्। एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन संसदमा सम्बोधन गरेका थिए। आजको बैठकमा नागरिक उन्मुक्तिका ७ सांसद सहभागी थिएनन्। विश्वासको मत लिने प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरे पछि विश्वासको मत नलिएरै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। आजै प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा…
काठमाडौं – पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गरेको हो ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने भएका छन् । शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधनलाई प्रधानमन्त्री प्रचण्डले टेबुल गर्ने भएका हुन् । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने जानकारी दिए । उनका अनुसार संसद सचिवालयले राष्ट्रपतिले भोली गर्ने बिशेष सम्बोधनको तयारी पुरासमेत गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय…
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासकोमत नपाएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। शाहको शपथ भने भोलि (शुक्रबार) हुने भएको छ ।सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शाहलाई अहिले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। विश्वासको मत नपाएपछि बिहीवार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए। रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए। तर उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त भएका हुन्। आज नियुक्त भएका शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१)…