Author: Saru Shrestha

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न/गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा…

Read More

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् । मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् । मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

Read More

कास्की – आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ । सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो । अझैँ एक जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेका सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए। उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताए । प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए । प्रधानमन्त्रीले…

Read More

काठमाडौं – नेपाल प्रहरीका १४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको काज सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत बीरेन्द्र सिंह जोहारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत वकिल बहादुर सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज सरुवा भएको छ ।

Read More

हामीले त प्रचण्ड, ओली र देउबाभन्दा ठूलो हुनु होला भन्ने ठानेका थियौं, हजुर त उही उर्जा मन्त्रालय खाने उपप्रधानमन्त्री टोपबहादुर जत्तिकै त हुनु भयो नि… तिनीहरुको मुन्तिर उपप्रधानमन्त्री त राजेन्द्र महतो पनि भा हुन्। वामदेउ पनि भा हुन्। कमल, चित्र, उपेन्द्र, विष्णु, गच्छेदार र नारानकाजीहरु पनि भएकै त हुन् … अनि युवा मन्त्रालय छाडेर ठेकेदारलाई शहरी मन्त्रालयको जिम्मा र प्रहरीलाई कानून मन्त्रालयको जिम्मा लगाएपछि … हामीले हलोमा भोट हाल्दा यस्तो गर्नुहोला भन्ने सोचेकै थिएनौं.. लेखक : खगेन्द्र गिरी अहिले प्रतिपक्षमा बसेको भए सिद्धान्तको सबलीकरणको निम्ति सरकारमा गएभन्दा कैयौं गुणा बढि लाभ हुने थियो। बुझेर पनि बुझ पचाएपछि कसको के लाग्छ…

Read More

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले १०५ मतसहित विश्वासको मत लिएका हुन । बाग्मती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना उपस्थित रहेका थिए ।  बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराए।

Read More

जनकपुर – आज भएको निर्वाचनवाट मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चएन भएका हुन । सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए । मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् । मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन् । सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे । ‘देशको विकास र समृद्धिमा विदेशमा बस्ने नेपालीको भूमिका मह्त्वपूर्ण छ। यो मैले राम्रोसँग बुझिसकेको छु, एनआरएनएसँग सहकार्य सहकार्य गर्नसक्यो भनेमात्र देशमा समृद्धि सम्भव छ,’ उनले भने, ‘एनआरएनएले उठाउँदै आएका मागमा मेरो विशेष ध्यानआकर्षण भएको छ ।’ देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई…

Read More

काठमाडौं – नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेशले प्रदेशको प्रथम सम्मेलनको पूर्वसन्ध्यामा सकारी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । एस कम्प्युर्स एण्ड सप्लायर्स धनगढी मुख्य प्रायोजक रहेको प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्व मन्त्री मानबहादुर धामीले यस्ता खाले शारीरिक व्यायाम हुने खेलकुदले स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने बताए । ‘स्वास्थ्य नै धन हो तर धन स्वास्थ्य होइन। एउटा मान्छेले खेलको महत्त्व बुझ्न सकेन भने त्यो मानसिक वा शारीरिक रूपमा अपाङ्ग हुन्छ,’ उनले भने । खेलकुद क्षेत्रको विकासले सामाजिमा सम्मृद्धिको आधार तयार पार्ने भएकाले राज्यले खेलकुद विकासका लागि…

Read More