हामीले त प्रचण्ड, ओली र देउबाभन्दा ठूलो हुनु होला भन्ने ठानेका थियौं, हजुर त उही उर्जा मन्त्रालय खाने उपप्रधानमन्त्री टोपबहादुर जत्तिकै त हुनु भयो नि…
तिनीहरुको मुन्तिर उपप्रधानमन्त्री त राजेन्द्र महतो पनि भा हुन्। वामदेउ पनि भा हुन्। कमल, चित्र, उपेन्द्र, विष्णु, गच्छेदार र नारानकाजीहरु पनि भएकै त हुन् …
अनि युवा मन्त्रालय छाडेर ठेकेदारलाई शहरी मन्त्रालयको जिम्मा र प्रहरीलाई कानून मन्त्रालयको जिम्मा लगाएपछि …
हामीले हलोमा भोट हाल्दा यस्तो गर्नुहोला भन्ने सोचेकै थिएनौं..
अहिले प्रतिपक्षमा बसेको भए सिद्धान्तको सबलीकरणको निम्ति सरकारमा गएभन्दा कैयौं गुणा बढि लाभ हुने थियो। बुझेर पनि बुझ पचाएपछि कसको के लाग्छ र । २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा राष्ट्रिय मूल्य र चरित्रका कुरा उठाउने अर्को दल नभएको स्थितिमा राप्रपाको स्थापना भएको हो।
केही नेताहरुलाई छोडेर राप्रपाले समग्रमा स्थापना कालदेखि नै सिद्धान्त र गन्तव्यको छनोटमा आफूलाई अरु दलभन्दा भिन्न र फरक देखाउन खोजेकै हो। तर कार्यनीति र रणनीति भने त्यस अनुरुपको फरक र प्रस्ट देखिएन।
राप्रपाले जनभावना अनुकुल आफ्नो कार्यनीति र रणनीतिको प्रष्ट रुपमा निर्क्यौल गर्न नसकेकोले उसलाई हालसम्म वैचारिक र सैद्धान्तिक रुपले निकै क्षति पुर्याउने चार ओटा घटना बनेका छन् :
१०२०५१ सालमा २०५ सदस्य भएको प्रतिनिधि सभामा २० सिट जितेको राप्रपाले कहिले कांग्रेससंग लसपस गर्यो त कहिले एमालेसंग लसपस गर्यो। त्यो अनैतिक सम्बन्ध जोडेर उसले आफ्नो खुट्टामा आफै बन्चरो हान्यो। आफै समावेश रहेको सरकारको विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेर राप्रपाका नेताहरुले त्यो बेला मुसा प्रवृत्ति पनि देखाए। २०५१ सालमा पाइएका मतको गरिमा जोगाउन नसकेको राप्रपालाई २०५६ मा जनताले फेरि डण्डित गरे।
२० राप्रपाका केही नेताहरुले २०६२/६३ को आन्दोलन र संविधान सभाको निर्वाचनको समर्थन गरेर अनि २०६५ सालमा गणतन्त्रको पक्षमा मतदान गरेर आफ्नै आस्था र नीतिमाथि विश्वासघात पनि गरे।
३०१४ वर्षसम्म अलपत्रै जस्तो परेको राप्रपालाई गणतन्त्र र हिन्दुत्वप्रतिको अडानको कारणले जनताले २०७० सालको चुनावमा २५ सिट दिए।२०७२ सालमा घोषणा गरेको संविधानमा असहमति जनाएर राप्रपा फेरि लोकप्रिय बन्यो तर त्यसको मसी सुक्न नपाउँदै राप्रपाका नेताहरू त्यही संविधानलाई उत्कृष्ट भन्न थाले, उपप्रधानमन्त्री र मन्त्री बन्न थाले। कहिले ओली त कहिले प्रचण्डको गुणगान गर्न थाले। ६०० सदस्यीय संविधान सभामा पाएका २५ सिटको लागि खसेको मतको गरिमा जोगाउन सकेनन्। फेरि २०७४ मा शुण्यमा पुगे।
४०२०७९ को चुनावमा हिन्दुत्व र राजतन्त्रको नाममा जितेका १४ स्थानको अर्थ नबुझेर, ती स्थान जिताउन मतदान गर्ने मतदाताको भावना नबुझेर प्रचण्डको सरकारमा सहभागी हुनु राप्रपाको नयाँ गल्ति हो। यो गल्तिमात्रै होइन वैचारिक पतन नै हो। यस घटनाले पुनस् राप्रपालाई पहिलेकै शुण्यको स्थितिमा पुर्याउने छ।
हुन त ( विवाह गरेपछि संतान जन्माउनु र राजनीतिमा लागेपछि सत्तामा जानु स्वाभाविकै हो। तर संसारको इतिहास हेर्दा के देखिन्छ भने(फरक धारको राजनीति गर्छु भन्नेहरुले आफ्ना वैचारिक प्रतिष्पर्धीहरुसंगै अंगालो हाल्दा जहिले पनि क्षति ूफरक धार हुूँ भन्नेहरुकै हुने गरेको छ।
यो कुरा राप्रपाले बुझेर पनि बुझ पचाइरहेको छ।