काठमाडौं – स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । कांग्रेसबाट अलग भएको घोषणा गर्दै वाग्लेले फेसबुकमा लेखेका छन् : वि. स. २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न…
Author: Saru Shrestha
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ लाई हिंसा दिवसको भएको बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताएका हुन् । उनले भने, ‘जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ ।’
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । विस्तार हुन लागेको मन्त्रिपरिषद्मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।
इस्लामाबाद – पाकिस्तानका विभिन्न शहरमा पीठो वितरण केन्द्रमा भागाभाग हुँदा एक महिला र एक पुरुषको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका छन्। जनताले पीठो वितरणलाई लिएर सरकारको चर्को विरोध गरेका छन्। पहिलो भागाभाग शाहीवाल शहरमा भएको थियो। सित्तैमा पीठो लिन ठूलो संख्यामा मानिस आएका र महिला पनि लामो लाइनमा उभिएका वेला उक्त घटना भएको थियो। द न्यूजका अनुसार समय बित्दै जाँदा भीडको धैर्य गुम्दै गयो। जसले गर्दा भागाभाग भयो र सबैले पीठोको थैलो लिन खोज्दै थिए। यो भागदौडमा एक महिलाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच शाहीवालका उपायुक्त तथा जिल्ला प्रहरी अधिकारी घटनास्थल पुगेका थिए।…
काठमाडौँ – मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाइ हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रियासँग जोडिएका अधिकांश विद्यमान कानुनी व्यवस्था पूरा गर्नुपर्ने क्यालेन्डर पनि समयअनुसार सञ्चालनमा आउन सकेको छैन । सरकारले पूर्णता पाउन नसक्दा आर्थिक प्रशासनमा अलमल देखिएको र यसले बजेट क्यालेन्डरमा नै असर गर्न सक्ने त्रास बढाएको जानकारहरूको भनाइ छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन अब ६० दिन र बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता ल्याउन…
धनगढी – धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो । मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थ विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।
काठमाडौँ – नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको छ । भूकम्पका कारण हरिहरभवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ । पुस्तकालयले अहिले सानो ठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ । पुस्तक तथा पत्रपत्रिका किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सो रकम माग गरिएको हो । सङ्घीय संसद्अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल राष्ट्रिय पुस्तकालयको यसै साता अवलोकन भ्रमण गरेको थियो । समितिद्वारा गरिएको पुस्तकालयको अवलोकन भ्रमणबाट देखिएका विषयमाथि आज छलफल भएको थियो । छलफलका क्रममा…
काठमाडौँ – साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार ९ जना चिनिया नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिएको हो । उनीहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध गरेका थिए । उनीहरूले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी नै गरे । हत्कडीसहित बाहिर ल्याइएका उनीहरूले कार्यालय परिसरमा नै सुतेर विरोध जनाएका थिए । तस्बिर खिच्न खोज्नेलाई समेत उनीहरूले दुर्व्यवहार गर्न खोजेका थिए । अपराध अनुसन्धान कार्यालयले काठमाडौँको महादेवखोला र चण्डोलमा कार्यालय राखेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ – गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागबन्डा टुङ्ग्याएको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको एक नेताले जानकारी दिए । गठबन्धन बैठकमा काँग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २-२ मन्त्रालय दिने सहमति भएको छ । त्यस्तै लोसपा, नागरिक उन्मुक्ति, जनमतलाई १-१ मन्त्रालय दिने सहमति भएको छ । अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको दिएपछि मन्त्रीहरूको शपथ हुने छ । २ मन्त्री र एउटा राज्यमन्त्रीको विषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताइएको छ ।