धनगढी – सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।
Author: Saru Shrestha
महेन्द्रनगर – महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालका डेढ सय विद्यार्थी दीक्षित भएका छन् । आइतबार विश्वविद्यालयले आयोजना गरेको तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई दीक्षित गरेका हुन् । इन्जिनियरिङ संकायका २५ जना, सीएसआईटीका १६ जना, बीएससी का १४ जना, बीएडका १७ जना, एमएडका १५ जना, बीएका ४ जना, एमएका १४ जना, बीबीए, १७ जना, बीबीएस ३७ जना र एमबीएमका २० जना गरी कूल १७९ जना विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भए । त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन संकायबाट स्नाकोत्तर मुकेश…
काठमाडौं – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ । मेयर शाहले हिजो शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले सहयोग नगरेको भन्दै अब सिंहदरबारकै फोहोर नउठाउने घोषणा गरेका थिऐ । हिजोदेखि सिंहदरबारको फोहोर नउठ्दा ठाउँ–ठाउँमा फोहोरका थुप्रा देखिन थालेका छन् । सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन नेपाल नामक संस्थाले मेयर शाहको निर्देशनका कारण फोहोर उठाउन बन्द गरिएको जानकारी दिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठाउने गरे पनि हिजो र आज उठाउने काम बन्द भएको कम्पनीले जनाएको छ । सिंहदरबार रहेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल…
काठमाडौं – थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७१ र एन्टीजेनबाट ५४५ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ११ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९६ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौँ – काठमाडौँको शान्तिवाटिकास्थित फल्चामा मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता भएको छ । फल्चामा सुरु भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेस गरेका छन् । उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडित विरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका उनीहरूले माग राखेका छन् ।
धनगढी – कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित चार युवालाई पक्राउ गरेको छ। धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो। त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई…
वीरगञ्ज – सप्तरीको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानु फरार भएका छन्। आफ्नो नाममा अरूलाई एसइईको परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरू फरार भएका हुन्। मेयर कानु, मौलापुर नगरपालिका(५ स्थित लक्ष्मी निया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह फरार भएका हुन्। उनीहरू तीनै जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको दिनदेखि नै फरार भएका हुन् ।
सुर्खेत – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो । मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।
जुम्ला – जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ। नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो। माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए। माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो। अध्यक्ष नेपालीले भने, ‘विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ।’ कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ। पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित…
धनगढी – कञ्चनपुरको दोधाराचाँदनीमा सशस्त्र प्रहरीले विपद् नियन्त्रणका लागि पूर्व तयारी अभियान थालेको छ।जिल्लाको दोधाराचाँदनी नगरपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म देवीस्थान र एनएनएसडब्लुएको संयुक्त आयोजनामा आज (शनिवार) उक्त कार्यक्रम थालिएको हो। दोधाराचाँदनी नगरपालिकाको वडा नम्बर १० कुतियाकभरस्थित जोगबुडा नदीमा विपदको पूर्व तयारी, प्रतिकार्य अभिमुखीकरण तथा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुबाट स्थानीय श्रोत साधनको प्रयोग गरी पानीजन्य विपदबाट बच्न साधनहरुको निर्माण तथा डेमोट्रेसन र मोटरबोर्डबाट उद्धार अभ्याससमेत संचालन गरिएको थियो। उक्त कार्यक्रम दोधाराचाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बु प्रमुख अतिथि थिए। यस्तै उक्त कार्यक्रममा…