काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ। वैशाख २० गते नेपालगञ्जमा पूर्वराजा शाहलाई अभिनन्दन गर्न लागिएको हो । वैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि शाह नेपालगञ्ज जाँदै छन् । नेपालगञ्जमा बसेर कर्णाली र सुदूरपश्चिमकोसमेत भ्रमण गर्ने तालिका जनाइएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – सत्तारुढ गठबन्धनका पाँच दलको बैठक सुरु भएको छ। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे छलफलका लागि बालुवाटारमा बैठक बसेको हो ।
महेन्द्रनगर – कञ्चनपुरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१८ की ७३ वर्षीया महिलाको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। ती महिलाको सेती अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको थियो। मुटुको बिरामी समेत रहेकी महिलामा चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो केही साता यता कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै गएको र ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।
धनगढी – कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ मिलिग्राम लागुऔषध र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । त्यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि लागुऔषधसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागुऔषध बरामद भएको हो । ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका…
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने दाबी गरेकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गशाला बन्ने निश्चित भएको बताएकी हुन्। रङ्गशाला बन्ने विषयमा जनमानसमा अझै शङ्का भएको बताउँदै उनले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ऋण तिर्न एक मुष्ट १२ करोड अनुदान दिइसकिएको र अरू समस्या पनि समाधान गर्दै निर्माणाधीन रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन् ।
काठमाडौँ – काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने छ ।
काठमाडौँ – दुर्गम क्षेत्रमा उडान बढाउनका लागि नेपाल एयरलाइन्सले तीन वटा साना जहाज किन्ने भएको छ । तीन वटा जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ । निगमले जहाज किन्न उपसमिति बनाएको थियो । उक्त समितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम व्यवस्थापनलाई बुझाइसकेको छ । विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य वरिष्ठ…
डोटी – डोटीका एक दम्पती भारतमा मृत फेला परेका छन्। सायल गाउँपालिका(१ घर भई हाल रोजगारको सिलसिलामा भारतको मदुरासमा बस्दै आएका दम्पती कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्। आइतबार बिहान १० बजेतिर आफ्नै कोठामा मृत फेला परेका हुन्। मृतक हुनेमा अन्दाजी २६ वर्षीय पुरूष प्रेम देउवा र उनकी श्रीमती अन्दाजी २४ वर्षीय मन्सरी देउवा रहेको मृतकका अंकल रण बहादुर देउवाले जानकारी दिए। उनीहरूले डेढ वर्ष अघि विवाह गरेका थिए। यो घटनाले अहिले परिवार तथा गाउँ नै शोकमा डुबेको छ। पोस्टमार्टम भइरहेको र घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको परिवार श्रोतले जनाएको छ।
२०२० साल साउन १५ मा डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका साउद सानै उमेरमा राजनीतिमा होमिए । डडेल्धुरामा जन्मिए पनि उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत कञ्चनपुरबाट सुरु भयो । साउद २०३६ मा कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव भए । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध हटेपछि २०३६ मै सिद्धनाथ विज्ञान क्याम्पसको स्ववियु सचिवमा चुनिए । २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका उनी २०४८ मा केन्द्रीय सभापति बन्न सफल भए । २६ वर्षको उमेरमा नेविसंघको निर्वाचित सभापति बने । ०५९ मा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक) मा…