Author: Saru Shrestha

काठमाडौं – सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र भोलि त्यसमा छलफल हुने उनले बताए ।न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

Read More

धनगढी – कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। महासंघको यही चैत्र २८ र २९ गते हुने ५७ औं वार्षिक चुनावी साधारण सभामा केन्द्रीय सदस्यमा कुँवरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन्। तर उनले आफू कुन प्यानलबाट उम्मेदवार बन्ने भन्ने खुलाएका छैनन्। उनले सुदूरपश्चिमबाट खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जानकारी दिए सुदूरपश्चिमका उद्योगी व्यवसायीहरुको व्यवसायिक समस्याहरुलाई निर्णायक र नीतिगत समाधानतर्फ लैजानका लागि आफ्नो उम्मेदवारी रहको अध्यक्ष कुँवरले बताए। कुँवर महासंघको केन्द्रीय सदस्यमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राख्ने प्रस्ताव संविधान विपरीत भएको बताएका छन् । संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको भन्दै कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ । संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरूमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरूप छ। स्मरण रहोस् !’ उनले अगाडि लेखेका छन्,‘संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने…

Read More

काठमाडौँ – उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएको हो । “विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडै सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी बाँकी कारबाही गर्नु गराउनु भनी विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको”, आदेशमा भनिएको छ । आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन…

Read More

बाँके – व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ। विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्ण नगर नाकामा थन्किएको हो। जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगन्जबाट जडीबुटी भारत निकासी हुने गरेको छ। ‘यसले जडीबुटी व्यवसायी, व्यापारी र किसानलाई ठूलो मार पर्ने देखिन्छ,’ उनले भने। दुई वर्षदेखि निर्यातका लागि प्रशोधन गरेको जडीबुटी लामो समय बोरामा थन्किँदा कुहिने अवस्थामा पुगेको भन्दै व्यवसायीले निकासीको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी,…

Read More

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ । त्यसअघि गृह मन्त्रालयले सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर…

Read More

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन्। पाल्पामा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। तपाईँहरूले मन पनि पराउनुभएको छ। यतिले मलाई पुगेको छ । तर देश जोगिन पर्‍यो। देशको रक्षा हुनपर्‍यो। देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे । कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा…

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय मनमैजुका लेखापढी व्यवसायी अभिषेक कार्की र सर्वेक्षक रमेश उपरकोटीलाई पक्राउ गरेको हो । कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेको आयोगले जनाएको छ ।

Read More

काठमाडौँ – अमेरिकाको टेनेसीमा एक निजी विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन विद्यालय कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्ध गोली चलाएकी थिइन् । उनी प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर विद्यालयका विद्यार्थी र शिक्षिकाहरूसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरू ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरू छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरू पढ्छन् । प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् ।…

Read More

धनगढी – गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा नयाँ प्रहरी प्रमुख खटाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई खटाइएको हो। तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय नेतृत्वविहिन थियो। नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको बताइएको छ।

Read More