सिरहा – सिरहामा जनप्रतिनिधि र कर्मचारीहरूकै मिलोमतोमा विकास निमार्णको काममा अनियमिततता भएको पाइएको छ । जिल्लाको लहान नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा नगरपालिकाको ६ श्रीराम कोलोनी क्षेत्रमा गरिएको पक्कि नाला निमार्ण कार्यमा कमसल निर्माण सामाग्री प्रयोग गरी अनियमितत्ता गरिएको पाइएको हो । नगरपालिकाका कर्मचारी र ठेक्केदारको मिलमत्तोमा कमसल सामग्री प्रयोग गरि पक्कि नाला निर्माण सम्पन्न भएकोमा दुई महिना नपुग्दै भत्किएको स्थानीयको आरोप छ । नगरपालिकाले निर्माण गरेको नालामा कमसल सामग्रीको प्रयोग भएकै कारण दुई महिनामै भत्किएको स्थानीयको आरोप छ । जनप्रतिनिधि र ठेकेदारको लापरबाहीले काम गुणस्तरीय नभएको दुखेसो छ । निर्माणका क्रममा नगरपालिका र वडाबाट अनुगमन नहुनुले पनि कर्मचारी, जनप्रतिनिधी र ठेकेदारको मिलेमत्तो रहेको…
Author: Saru Shrestha
धनगढी – धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ । साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने जानकारी दिएका छन् । समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ । सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका…
धनगढी – डोटीको खप्तड आदर्श क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु प्यानलसहित विजयी भएको छ। सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन्। सभापतिमा अनेरास्ववियुका श्याम विकले २१ मत पाउँदा नेपाल विद्यार्थी सङ्घका गणेश ओझाले ७ मत पाए। सचिवमा पनि अनेरास्ववियुकी पद्मा पछेरा २१ मत पाउँदै विजयी भइन्। नेविसंघकी देवी ओझाले पनि ७ मत पाइन्। कोषाध्यक्षमा पनि अनेरास्ववियुकी हेमा बोहराले २१ मत पाइन् भने नेविसंघकी गौरी पछेराले ७ मत पाइन्। सदस्यहरूका पनि सबै अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्।
धनगढी – नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो । स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरका थिए । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिए । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ ।
धनगढी – कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्। उनले २५ मत पाए। उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीको २४ मत पाएका थिए। भण्डारी भन्दा १ मत बढि पाएर खत्री विजयी भएका हुन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिल कुमार चौधरीले १४ मत पाएका थिए। सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी हुन्।
लाग्यो इजु चैत मैना, दादा काँछ मेरो !!रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो !! काफलकि करौउ दानी, हुन लागी लाल !!फर्किफर्कि आइग्यो इजु, एमास यै साल !!सोराइले हेर्दोछु मत,दाइका आउन्या बाटो !!इतिछाटो बिरानो भयो, मेरै जनम्या माटो !! वल्ला घर पल्ला घर, सबै निका छन कि !!लेख्या इजु सम्राइ मानि, बेदना मन कि !! उहि लेकको ठन्डो पानी, शिर(शिर हावा !!कसि छै उद्भव माता, कसा छन् बाबा !!गुराँस ढकमक्क होलो, गोरु चरुन्या बन !!रात जाँदोछ दिन जाँदोछ, सम्झि मनैमन !! पल्ला घर रेबुदाइकि, लिखु पेलाइ होली !!मौजउ कलमा बसी, आइनु बातइ होली !! लिखु पेल्लो हलगोरु, एकपट्या कलमा !!बाडी बनाइ…
बैतडी – जिल्लाकाे पाटन नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ। पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना नगरपालिकाले भत्काउन सुरु गरेको हो। बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। सार्वजनिक जमीन मिचेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत वेवास्ता गरेपछि नगरपालिकाले डोजर चलाएको हो। पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए। सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ।
दार्चुला – दार्चुलामा साइकल भीरबाट खस्दा दुई विद्यार्थी घाइते भएका छन् । महाकाली नगरपालिका– ९ स्थित सकारको भीरमा साइकल खस्दा सवार दुई विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । दुबै जना एकै साइकलमा सवार रहेको र साइकल सडकबाट अन्दाजी ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । उनी मालिकार्जुन नमूना मावि…
महेन्द्रनगर – नेपाली कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्न सुदूरपश्चिममा विशेष अभियान सञ्चालन हुने भएको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले ९ जिल्लाका ८८ वटै स्थानीय तहका ७ सय ३४ वडामा अभियान सञ्चालनको घोषणा गरेको हो। उक्त अभियान सफल बनाउन सुदूरपश्चिमका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको छ। प्रदेशका ८८ वटा पालिका अन्तर्गतका वडा तह सम्मका संगठनलाई क्रियाशिल बनाउनका लागि प्रदेश सभापति वीर बहादुर बलायरको प्रस्तावमा कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो। बलायरको नेतृत्वमा वडा तह सम्मका संगठनलाई चलायमान बनाउनका लागि प्रदेशभर पार्टीको संगठन सुदृढीकरण अभियान सञ्चालन हुने बैठकका एक सहभागीले बताए। उक्त अभियानलाई सफल बनाउन प्रदेशका सबै ३२…
बैतडी – सिगास शिक्षा क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। उक्त क्याम्पसका निर्वाचन अधिकृतले राजीनामा दिएपछि क्याम्पस प्रमुख रविन्द्र सिंह धामीले अर्को सूचना नहुँदासम्म स्ववियु निर्वाचन स्थगित भएको बताए। सिगास शिक्षा क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका तीनवटा संगठनले निर्वाचन प्रक्रियामा आपत्ती जनाउँदै आएका थिए। ती संगठनहरुले भर्ना नभएका विद्यार्थीको नाम पनि मतदाता नामावलीमा प्रकाशित भएको, निर्वाचन नियमावली अनुसार प्रक्रिया अवलम्बन नगरेको, सबै संगठनहरुलाई सर्बदलीय बैठकमा नबोलाएको र नेवि संघलाई मात्र सर्बसम्मत गर्ने बदनियतका साथ निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएका थिए। अनेरास्ववियुका अध्यक्ष नरेन्द्र साउद, अखिल क्रान्तिकारीका संयोजक गणेश बम तथा अखिल ९क्रान्तिकारी० विप्लव समूहका संयोजक सुरेन्द्र धामीले यसअघि नै…