काठमाडौं – मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्ता सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरु महोत्तरीसहितका स्थानबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।
Author: Saru Shrestha
काठमाडौँ – रास्वपाले डा.ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । बुधबार ९आज० बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेसँगै श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउनेछ ।
काठमाडौं – प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । यसैबिच, बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो ।
कंञ्चनपुर – ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ९ जना कर्मचारी र ठेकेदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौं) दीपेन्द्र चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आर्थिक वर्ष २०७८/०७९ मा…
काठमाडौँ – डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको एक नेताले बताए । ती नेताका अनुसार श्रेष्ठको सांसद पद समेत गएको छ ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकीर गर्दै उनले आफू र पार्टीबिरुद्ध अडिओ इडिटिङ गरेर बनाएको आरोप लगाए । फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु हाम्रो पार्टीबिरुद्ध गररिएको प्रहार रहेको उनको भनाइ छ । रिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने । यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको दाबी छ ।
काठमाडौँ – प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गरेका हुन् । “सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको ३२ अर्ब रुपैयाँ रोकेको हो कि होइन ? प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको र नेपालमा आर्थिक सङ्कट छैन भनिरहनुभएको छ तर केही महिना पछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदैछ”, सुवालले भने । महालेखा नियन्त्रक कार्यालयले चैत २१ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई…
बर्दिया – ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – सगरमाथामा हिमपहिरोमा परी बेपत्ता भएका तीन जना आरोही अझै फेला परेका छैनन् । आज बिहान ९ः३० बाट हराएको तीन आरोहीको खोजी कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका पर्वतारोहण शाखाका अनुसार दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा नामका आरोही हराएका छन् । बेपत्ता आरोहीको सिम्रिक एयरको हेलिकप्टर मार्फत खोजी भइरहेको विभागको भनाई छ ।
धनगढी – कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाही पछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने,…