Author: Saru Shrestha

खोटाङ – कम्बोडिया पठाउने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । सामाजिक सञ्जालको माध्यमबाट कम्बोडियामा सेक्यूरिटि गार्डको काम लगाइदिने भन्दै ठगी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका २७ वर्षीय रामकृष्ण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । आफू कम्बोडियामा होटेलमा सेक्यूरिटि गार्डको काम गरिरहेको बताउँदै आकर्षक तलव सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाइदिने नाममा विभिन्न व्यक्तिबाट २३ लाख ९७ हजार ठगी गरेको जाहेरी खरखास्तको आधारमा आचार्यलाई काठ्माडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन, काठ्माडौंले पक्राउ गरेको हो । उनले फेसबुक र ह्वाट्स् एपको माध्यमबाट विभिन्न व्यक्तिलाई सम्पर्क गरी बिश्वासमा लिएर ‘प्रोसेसिङ’का लागि भन्दै विभिन्न व्यक्तिको नाममा सञ्चालित बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको…

Read More

लमजुङ – मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नम्बर ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित तीन जनालाई बिहीबार साँझ पक्राउ गरिएको लमजुङ प्रहरीका डीएसपी प्रकाश श्रीमलले बताए । उनीहरूको साथबाट शिव र…

Read More

धनगढी – कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् । बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

Read More

धनगढी – ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् । ‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई नि:शर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’ विज्ञप्तिमा नेपाली कांग्रेस…

Read More

काठमाडौं – एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् ।  मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा नेता रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पस्ट पार्नसमेत भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् ।संविधान…

Read More

बाजुरा – बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।

Read More

धनगढी – घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गर्दै कानुनी दायरामा ल्याउन दलीत अधिकारवादी संघ संस्थाहरूले माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नौ वटा दलीत अधिकारकर्मी संघ संस्थाहरूले हत्यारालाई कानुनी दायरामा ल्याउन तथा घाइते १५ वर्षीय नेहा लुहारको नि:शुल्क उपचार र परीवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । दलीत साहित्य सोपान धनगढीका अध्यक्ष गणेश नेपालीले घटनाको अनुसन्धान गर्न ढिलाइ गर्न नहुने बताएका छन् । अनुसन्धानमा ढिलाइ हुँदा अभियुक्त फरार हुने सम्भावना उच्च हुने बताउँदै उनले दोषिलाई चाडोभन्दा चाडो कानुनी दायरामा ल्याउन माग गरेका छन् । दलीत…

Read More

काठमाडौं – पाथसिड नेपाल प्रालीबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा साइबर हमला भएको छ । बिहीबार बेलुका साँढे १२ बजेदेखि २ बजेसम्ममा उकेरा डटकमको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी प्रकाशित पाँच समाचार सामाग्री मेटाएको प्रति उकेरा टिमले ध्यानाकर्षण जनाएको छ। उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी, ‘उपराष्ट्रपति पुत्र दीपेशको सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न सकेनु,’रवि लामिछानेसँग ठ्याक्कै मिल्ने भारतको एक मुद्दा जसले नेपाली चेली किरण अनागरिक बनिन्’ , निर्वाचन बदर भो’,’रविको अर्को ‘अपराध’को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट’, ‘जब थापाथली सुकुम्वासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए‘’ लगायतका समाचार डिलेट गरी हेडलाइन बदल्ने र असम्बन्धित तस्बिर प्रकाशित गर्ने…

Read More

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। व्यासँ गाउँपालिका–३ तुसरपानी बस्ने ५० वर्षीय डम्मर सिह डडाल भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार दिउसो घाँस दाउरा काट्दा भीरबाट खसेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

Read More

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । उनी धादिङ २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् । उनले निर्वाचित प्रमाणपत्रसमेत बुझिसकेका छन् । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् । अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीमै रहेका बेला उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसकेका छन् । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिएका छैनन् भन्ने खुल्न सकेको छैन । निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उनी…

Read More