Author: Saru Shrestha

काठमाडौँ – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सेवा अवधि हटाउने प्रस्ताव अर्थमा पठाएको थियो । सो प्रस्तावमा ‘सर्त’ सहित सहमति प्रदान गरिएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीले बताए । प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ । ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर । तर, सरकारले अहिले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने तयारी गरिरहेको छ । अर्थबाट सहमति आएको प्रस्ताव अनुसार जागिर अवधि ३० वर्ष पुरा…

Read More

भारत – अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ। यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । केही मिडिया रिपोर्टका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो। भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन्। लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिएका थिए भने धेरै घाइते भएका थिए। द ट्रिब्यून पत्रिकाले यस क्षेत्रमा यसअघि पनि भारत र चीनका…

Read More

सल्यान – सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

Read More

बैतडी – फोहर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा बैतडीको पुर्चौंडी नगरपालिकामा व्यापारीहरुले नदीमै फोहर फाल्ने गरेका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न नसक्दा व्यापारीहरुले नदीमै फोहर फाल्न थालेका हुन् । नगरपालिकामा गएको ५ बर्षमै डम्पिङ साइड निर्माण गरिसक्ने लक्ष्य रहेको थियो । तर डम्पिङ साइड निर्माणका लागि उपयुक्त जमीन नपाउँदा समस्या भएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए। यतिबेला नगरपालिकाले डम्पिङ साइडको व्यवस्था गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । नगरपालिकाले फोहर व्यवस्थापनका लागि अस्थायी व्यवस्थापन गरेको भएपनि त्यो पार्याप्त नभएको र व्यापारीहरुले पनि सबै प्रकारका फोहर एकै ठाउँमा…

Read More

दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत बिना विभिन्न पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण भइरहेको हुँदा त्यस्तो कार्य बन्द गर्न आग्रह गरेको छ । कसैले सूचनाको अवज्ञा गरी अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ । इजाजत बिना पसलहरुबाट पेट्रोलियम पदार्थको विक्रि वितरण हुनु गैरकानुनी कार्य भएको र यसले दुर्घटना जोखिम समेत हुने भएकाले त्यस्तो कार्य नगर्न सूचना मार्फत आग्रह गरिएको छ ।

Read More

काठमाडौं – जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए। वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो। जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो। मृत्यु…

Read More

सुर्खेत – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।  कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।

Read More

धनगढी – कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले बताए ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज ः हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको उनले बताए । सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको उनले बताए । ‘सुदूरपश्चिमलाई सवैले पिछडिएको क्षेत्र भन्ने गरेका छन्,’ उपकुलपति जोशीले भने, ‘तर त्यो वास्तविकता हैन, यहाँ अपार सम्भावना छ, ज्ञान, खोजका लागि यो क्षेत्र उत्कृष्ठ छ,…

Read More

पाल्पा – पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् । मन्त्रिपरिषद वैठकका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा…

Read More