Author: Saru Shrestha

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न/गराउन माग गरेका थिए । सो मागको सुनुवाई नभएको भन्दै दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयर तीर्थराज भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको काम यथाशिघ्र सुचारु नगराए हड्तालमा उत्रने चेतावनी दिएका हुन् । ज्ञापन–पत्रमा कालोपत्रेको…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।  सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको बताए । मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उनले बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए । अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने…

Read More

काठमाडौं – निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखेको हो ।  यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८…

Read More

अछाम – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले  एमाले अध्यक्ष केपी शर्मा ओलीकाे संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनको आग्रह गरेका प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र सक्षम मन्त्री रहेको बताए । कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउन उनले मतदातालाई आग्रह गरे । देउवाले गठबन्धन बलियो भए मात्रै…

Read More

काठमाडौं – आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए। “सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उनले भने, “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।” मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, “निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग…

Read More

काठमाडौं – निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन् ।  यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए । यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताए ।

Read More

जुम्ला – जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अङ्गराज गिरी गम्भीर घाइते भएका छन् । सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेको बताइएको छ । प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका–७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने…

Read More

काठमाडौं – निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।  आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मतबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् ।  बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन् ।  विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए ।  

Read More

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ ।  निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

Read More

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए। सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो।

Read More