सुर्खेत – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपांग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो । दृष्टिविहीन, शारीरिक अपांगता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।
Author: Saru Shrestha
काठमाडौं – ४ मंसिरमा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई-दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर १ करोड ७९ लाख ८८…
काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् । सो क्रममा प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागरिक र संगठनको श्रीवृद्धिमा गरेको योगदानको प्रशंसा गरे । उनले अवकाशपछिको व्यावसायिक एवं पारिवारिक जीवन सुखमय होस् भनी शुभकामना दिए । उनले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको व्यावसायिकताका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय धानुक र बिसीलाई मायाको चिनो प्रदान गरे…
दार्चुला – जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ४ जना घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका(९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।
धनगढी – चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने नि:शुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो । काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गरेको छ । लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए । ‘हामीले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूलाई विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन यो शिविरको आयोजना गरेका हौं। शिविरमा विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विविध पक्षमा जानकारी दिनुहुने छ,’…
काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ,’केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ । आयोगले सोधेको स्पष्टीकरणमा थप भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष…
लमजुङ – नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए । प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने । खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।
बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा आज आयोजित चुनावीसभामा बोल्दै उनले पाँचदलीय गठबन्धनका उम्मेदवार भारी मतान्तरसहित विजयी हुने जिकिर गरे । “गठबन्धनका मतले मात्रै जित हासिल गर्न सकिन्छ, तर त्यतिले मात्रै पुग्दैन, अत्यधिक मतसहित गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, मन्त्री पौडेलले भने । उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे । उनले मुलुकको आवश्यकताका आधारमा पाँचदलीय गठबन्धन बनेको बताए । चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले नै मुलुकलाई विकास,…
सुर्खेत – कर्णालीका हिमाली जिल्लामा मतदाता शिक्षा दिन मुस्किल हुँदै आएको छ । कात्तिक देखि नै हिमपात सुरु भएपछि हिमाली जिल्लाका मतदातालाई मतदाता शिक्षा दिन नसकिएको हो । हुम्लाको लिमी , उपल्लो डोल्पाको तीन वटा पालिकामा मतदाता शिक्षा दिन समस्य भएको हो । हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान नसक्दा मतदाता शिक्षा दिन नसकिएको हो । हुम्लाको नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रमा मतदाता शिक्षा पुर्याउन नसकिएको हो । त्यस्तै उपल्लो डोल्पाको छार्काताङसुङ , डोल्पोबुद्ध र शे फोक्सुण्डो गाउँपालिकामा मतदाता शिक्षा पुर्याउन समस्य भएको हो । यहाँका मतदाता सम्मा कहिले पनि मतदाता शिक्षा…
काठमाडौं – नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीवार शोक विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट–८ निवासी प्रजातन्त्र सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ७७ वर्षीय सापकोटाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । विक्रम संवत् २०४८ सालको आम निर्वाचनमा नवलपरासीको २ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका सापकोटाले कांग्रेसको विभिन्न तहको सांगठनिक पदमा रहेर कार्य गरेका कांग्रेसले जनाएको छ । स्व। सापकोटाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलन तथा संघर्षका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए । शैक्षिक तथा सामाजिक अभियानकर्मीका रूपमा परिचित सापकोटाको निधनबाट…