बैतडी – नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।आज बसेको सातौँ जिल्ला कमिटि बैठकले अध्यक्ष चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गर्न कारवाहीका लागि सिफारिस गरेको हो । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटिको बुधबार बसेको बैठकले पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरेको एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए । पालले चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरिएको बताए । एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस…
Author: Saru Shrestha
बुटवल – बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन एक करोड ५७ लाख लागत लाग्ने र ६ देखि आठ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए । ‘नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएका हुन्,’ उनले भने, ‘यी स्वास्थ्य केन्द्रले बुटवलको…
काठमाडौं – भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए । ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।
दार्चुला – नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् । नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम…
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरू आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करिब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् । तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए । उनले सोमबार राति १५३…
काठमाडौं -राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगले बुधबार राष्ट्रपति भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा आव ७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिसलगायतका विषय उल्लेख रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए । मानव अधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् ।
बैतडी- बैतडीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भिरबाट खसेर स्थानीय अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको हो । बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट |(यदु) ले जानकारी दिएका छन ।
धनगढी – कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको सम्पूर्ण काम पुरा भएको छ । धनगढी उपमहानगरपालिका १ स्थित मैदानमा हुने महोत्सवको सम्पूर्ण काम पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जनाईएको छ । महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि शुरु भएको महोत्सव यो १६ औँ संस्करण रहेको छ । महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय…
दार्चुला – दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकमा गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट लडेर ऐरी दुई सय मिटर तल महाकाली नदीमा खसेका थिए। बुधबार बिहान ११ बजेतिर महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ। हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उ कल्चौँडे खोलामा खसेको प्रहरी निरीक्षक शाहीले बताए । भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। उनी पसलको डिलमा बसेर घाम तापिरहेका…
काठमाडौं – नेपाली सेनाको सैन्य पद र अधिकृत क्याडेड पदको भर्ना प्रक्रिया स्थगित भएको छ । स्थगित परीक्षा पुनः सञ्चालन गरिनेबारे एक सातामा अर्को सूचना जारी गरिनेछ । सेनाले आर्थिक वर्ष २०७९/०८० को रिक्त पदपूर्ति गर्न भर्ना प्रक्रिया सञ्चालन गरिरहेको थियो । त्यसका लागि गत २४ भदौमा सैन्य पदको विज्ञापन गरिएको थियो भने ३१ भर्दामा सि.सं. ६४ अधिकृत क्याडेड/सि.सं.४ स्नातक अधिकृत क्याडेट पदको भर्ना प्रक्रियाका लागि विज्ञापन गरिएको थियो । तर, भर्ना प्रक्रियाका सम्बन्धमा थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री प्रेमिलाल प्रसाद चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले भर्ना प्रक्रियामा थारु समुदायलाई आरक्षणको व्यवस्था माग गर्दै दिएको…