जनकपुरधाम – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् । ‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन । गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ । त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला,’ उनले भने । ओलीका भ्रमक कुरामा नपर्न र नअलमलिन कार्यकर्ताहरूलाई उनको आग्रह छ । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेस विरोधी भएको…
Author: Saru Shrestha
जुम्ला – नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगडि राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म(गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो । ईन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पञ्छाएपछि सडक खुलेको हो । उनले नाग्म(गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पञ्छाएको बताए । हिमा गाउँपालिकाको बुअ पाखा,…
रुपन्देही – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार साँझ वाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । सो दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ । चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्रको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनामा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ ४ जनाको सामुदायिक…
काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाएको छ । अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गरे । चुनावको सम्मुखमा पारेर सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै उनले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकीर समेत गरे । ओली राजसंस्थालाई पुनस्र्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरुसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थियो । उनले केपी ओली सरकारमा रहँदा नै मुलुकमा अनुचित…
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको छ । प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।
काठमाडौँ – घुससहित पक्राउ परेका डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडासँग साढे १० लाखको चेक पनि भेटिएको छ । मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पक्राउ परेका खतिवडाको खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँको दुईवटा चेक फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
काठमाडौं – मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो । अख्तियारको टोलीले उनलाई घुस रकम लिइरहेको अवस्थामा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी ९पाँचौ तह० होमनाथ खतिवडालाई नियन्त्रणमा लिएको बताएको छ। मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग रु.५ हजार दिनुपर्छ भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
काठमाडौं – सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ। महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो। आउँदो दुई वर्षका लागि भएको सम्झौता बमोजिम वियोन्डले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा महानगरलाई निःशुल्क उपलब्ध गराउनेछ। यसअन्तर्गत सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई…
ताप्लेजुङ – ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको प्रहरीको भनाई छ । गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ(४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए । फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ…
काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । शर्माले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेका थिए । श्रव्यरदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको…