बुटवल – नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनिएको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन कांग्रेसको आग्रह छ ।
Author: Saru Shrestha
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ । प्रतिनिधिमण्डलले आज सिंहदरबारमा मन्त्री शर्मालाई भेटेर उक्त आग्रह गरेको हो । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घ पदाधिकारीको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको बताइएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासङ्घका अध्यक्ष गोल्छाले हाल राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए । प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको…
काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आए लगत्तै भोलि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा…
धनगढी – नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । नक्कली प्रमाणपत्र…
धनगढी – ढुंगा हानाहानपछि बन्द गरिएको दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको पुल नाका प्रहरीले खुलाएको छ। आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहानपछि बन्द गरिएको पुल नाका प्रहरीले खुलाएको हो । भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्यको त्यहाँका स्थानियले विरोध गर्दै आईरहेका छन् । सोही तटबन्ध निर्माणको नेपाली नागरिकहरुले विरोध गरेपछि विवाद भएको थियो। विवादका क्रममा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार गरेका थिए। प्रहरीका अनुसार अहिले दुई पक्षबीच वार्ता भइरहेको छ। वार्तापछि पुलबाट भने आवतजावत सुचारु भएको छ।
दार्चुला – भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि ढुंगा प्रहार भएको छ । विरोधको क्रममा भारतीय नागरिकको ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएका छन् भने नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा आवतजावत बन्द गरिएको छ। वारिबाट पनि भारततर्फ ढुंगा हानिएको छ। त्यसबारे विस्तृत विवरण आउन सकेको छैन्। आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्ला दिनमा नदीको धार परिवर्तन हुने…
काठमाडौं – नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूकाे नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएकाे छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्नेविरूद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो । ‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । कांग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेकाे आन्तरिक समीक्षा भएकाे छ…
धनगढी – धनगढीमा स्कुल जाँदै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी छन् । आइतबार बिहान घरबाट स्कुल जाने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा १३ वर्षीया छात्रा सुस्मिता साउद गम्भीर घाइते भएकी हुन् । उनी धनगढी–३ स्थित जनता आधारभूत मावि कक्षा ६ मा अध्ययनरत छिन् । स्थानीयका अनुसार छात्रालाई ठक्कर दिएर ट्याक्टर मोहना नदीतर्फ भागेको थियो । ट्याक्टर तीब्र गतिमा भाग्दा नम्बर पहिचान गर्न नसकिएको प्रत्यक्षदर्शीको भनाइ छ । ट्याक्टरको ठक्करबाट गम्भीर भाइते भएकी छात्रा साउदको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘प्रत्यक्षदर्शीले प्रष्ट रुपमा कुन कम्पनीको…
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो । उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब(इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा।प। अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारके अनुशन्धानबाट देखिएके…
विराटनगर- पाँचथरको मिक्लाजुङ गाउँपालिका(६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा आइतबार दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दिउँसो १२स्१५ बजेतिर दुर्घटनामा परेको हो । अदलीबदली भएका सैनिक कर्मचारी चढेको गाडी आफै अनियन्त्रित भएर सडकबाट लगभग १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् । घाइतेहरुलाई नेपाली सेनाकै…