काठमाडौँ – यातायात व्यवस्था विभागले स्मार्ट कार्ड रिडर लगायतका ट्राफिक व्यवस्थापन सामग्री प्रहरीलाई हस्तान्तरण गरेको छ । एसियाली विकाश बैङ्कको अनुदान सहयोग र नेपाल सरकाद्वारा सञ्चालित सञ्चार तथा सूचना प्रविधि आयोजना अन्तर्गत प्राप्त सामग्री स्मार्ट कार्ड तथा स्मार्ट कार्ड बहाकहरुको आधिकारिकता पहिचानका लागी सामग्री हस्तान्तरण गरिएको हो । विभागका महानिर्देशन डा। टोकराज पाण्डेले विभिन्न ट्राफिक कार्यालयहरूबाट स्मार्ट कार्ड चेकजाँच गर्नका लागी स्मार्ट कार्ड रिडर १९८ थान, श्याम कार्ड १९८ थान तथा एक थान एप्लीकेशन सफ्टवेयर सिडीलगायतका सामग्री प्रहरी प्रधान कार्यालयका अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सामग्रीले प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहज हुने विभागको विश्वास छ ।
Author: Saru Shrestha
काठमाडौ – पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका(२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ना६ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो । बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
धनगढी – कञ्चनपुरमा ७ लाख बढीको पटाका बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर ४ बसपार्कस्थित सडकबाट करिब ७ लाख २७ हजार ५ सय रूपैयाँ बराबरको बेवारिसे पटाका प्रहरीले बरामद गरेको हो। मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ।
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा पत्र दायर गरेको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
जुम्ला – विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्नेगरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ‘यसअघि खानेतेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय लिन थालेका छन् ।’ खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन्…
काठमाडौँ – नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली काँग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो । मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार(प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय…
काठमाडौँ – बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रूपमा नेकपा एमालेमा लाग्दै आएपनि अब उप्रान्त पार्टी परित्याग गरेको बताएका छन् । श्रमिक, किसान,…
दार्चुला – दार्चुलामा कात्तिक ३ गते देखि मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गरिने भएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिका तर्फबाट मतदानस्थल र मतदानकेन्द्रको अनुगमन गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । निर्वाचनको तयारी स्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमन/निरीक्षण कार्य हुने उनले बताए । मतदानस्थल र केन्द्रहरुको भौतिक अवस्था, सुरक्षा संवेदनशीलताका लगायतका पक्षमा अनुगमन गरिने बताइएको छ । मतदानस्थल र मतदान केन्द्रहरु अपांगमैत्री छन् कि छैनन् ? सुरक्षा संवदेनशीलतामा के छ ? भन्ने बिषयमा अध्ययन हुने जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले INTERPOLको ९०औं साधारण सभाको समुद्घाटन गरेका छन् । समुद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबल युगमा INTERPOL बिनाको विश्वको कल्पना पनि गर्न नसकिंने बताए । INTERPOL लाई अझ सशक्त बनाउनु पर्ने बताए । विशेषत: cybercrime, terrorism र बालबालिका माथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगको आवश्यकता झनै मजबुद बनाउंदै लैजानु आजको आवश्यकता रहेको बताउँदै कार्यक्रमको सफल आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए । समुद्घाटन कार्यक्रममा भारत सरकारका गृह मन्त्री अमित सिंह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो । भारतको नयां दिल्लीमा आयोजना भैरहेको INTERPOL को ९०औं साधारण सभामा नेपाल समेत विश्वका १७५ देशहरुको सहभागिता रहेको…
दार्चुला – जिल्लाको अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकाका केहि स्थानहरुमा हिमपात भएको छ । आज विहानै देखी मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको छ । मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका कर्मचारी विशन बुढाथोलीले जानकारी दिए। गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्ती लगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको उनले जानकारी दिए । यस्तै ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा पनि हिमपात भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तिंकर छाङरुमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिए।…