Author: Saru Shrestha

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन । मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरेको छैन । अतः उक्त पत्रमा भनिएजस्तो…

Read More

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।

Read More

एजेन्सी – दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया नेतृ जर्जिया मेलोनीले प्रधानमन्त्रीको शपथ लिएकी हुन्। केही समयअघि भएको आमनिर्वाचनमा मेलोनीको दल संलग्न उग्र दक्षिणपन्थीहरूको गठबन्धनले बहुमत ल्याएको थियो।। मेलोनी प्रधानमन्त्री भएसँगै दोस्रो विश्वयुद्धपछि पहिलो पटक इटालीमा उग्र दक्षिणपन्थीहरूको सरकार बनेको छ। मेलोनी १५ वर्षको उमेरमा राजनीतिमा लागेकी थिइन्। रोममा जन्मिएकी मेलोनीलाई एक्ली आमाले हुर्काएकी हुन्। २१ वर्षको उमेरमा पहिलो पटक स्थानीय चुनाव जितेकी मेलोनी ३१ वर्षमै इटालीकी मन्त्री भएकी थिइन्। सन् २००८ मा उनी सिल्भिओ बुर्लोस्कोनीको सरकारमा युवा मन्त्री बनेकी थिइन्।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरूको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताए । लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरूको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्दै उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह रे । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने रु’ प्रश्न गर्नुहुँदै प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई…

Read More

दार्चुला – जिल्ला प्रदेश सभा क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिह धामी, नेकपा एमालेबाट हरदेव जोशी र स्वतन्त्रमा नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी उम्मेदवार रहेसंगै चुनावी प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ । मुख्य प्रतिस्पर्धी तिनैजना अहिले घरदैलो एवं प्रचारप्रसारमा रहेका छन् भने अन्य साना दुई दलका उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् । प्रदेश सभा क्षेत्र नं, १ मा मुख्यगरी नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामीले स्वतन्त्र उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धा रोचक बनेसंगै जिल्लाबासीको ध्यान केन्द्रित गरेको छ । ५ दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली…

Read More

भैरवा – गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरु विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने जरुरी रहेको औँल्याए । मन्त्री खाणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार…

Read More

धनगढी – तिहार नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाकाबाट निर्वाध रुपमा प्लास्टिकका माला नेपाल भित्रिएका छन्। नेपाल सरकारले आयातमा रोक लगाएको प्लास्टिकका माला प्रदेशका बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती भेटिन थालेका हुन्। विशेष गरी प्रदेशकै मुख्य व्यापारिक केन्द्र धनगढीसहित कञ्चनपुर, अत्तरिया, लम्कीलगायत विभिन्न पहाडी जिल्लाका बजारहरुमा प्लास्टिकका माला भेटिन थालेका हुन्। घरमा फूल नभएकाले महँगोमा प्लास्टिकका माला खरिद गर्ने गरेका छन्।

Read More

गलकोट – उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका छन्, ‘यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई ।’ बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतङ्कले किसानले हैरानी खेपेका छन् । उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४८ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७१६ जना सक्रिय कोरोना संक्रमित छन् ।

Read More