Author: Saru Shrestha

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । उनले सुकुम्बासीले भोगेका ३२ वटा जाडो किन नदेखेको भन्दै ओलीलाई प्रतिप्रश्न गरेका हुन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरे । बालेनले आफ्नो सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको धारणा थाहा पाएको जनाएका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन…

Read More

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा ताला लगाएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ तथा ना ६ त २६१ नम्बरको ट्याक्टरलाई साङ्लोले बाँधेर ताला लगाइदिएको हो ।  करिब आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेसिनरी सामान अन्यत्र लैजान थालेको पाइएपछि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले…

Read More

काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन्। अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याएकी छन्। उनले नेपाली काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार एक सय ८८ मतान्तरले हराइन्। काँग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत पाएका छन्।

Read More

काठमाठौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गरेका हुन् । उनले सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगका माध्यमबाट समस्याको समाधान गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न र गरिबलाई राहत दिन माग गरे। अध्यक्ष ओलीले मङ्सिर ४ गते भएको निर्वाचनमा सत्ता पक्षबाट बुथ कब्जा र कर्मचारीको दुरुपयोगका घटना भएकाले आफ्नो पार्टीले सोचे जति मत ल्याउन…

Read More

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिई चुनाव लडेका शंकर सिंह धामीले चुनावमा झण्डै २ लाख खर्च भएको बताएका छन् । मंगलवार निर्वाचन कार्यालयलाई आफ्नो चुनाव खर्च विवरण बुझाउँदै जम्मा १ लाख ८८ हजार ७९८ रुपैयाँ खर्च भएको बताएका हुन् । उनले आफ्नो चुनावी खर्च विवरण शीर्षकसहित सामाजिक संजालमा पनि सार्वजनिक गरेका छन् । कार्यालय स्थापनामा ४ हजार २ सय, गाडी भाडा र इन्धनमा ४२ हजार ४ सय, स्टेशनरीमा २५ हजार २५०, छापामा ६५ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यस्तै खाना, चियानास्तामा ४६ हजार ४ सय ४८ र संचारमाध्यमको विज्ञापनमा ५ हजार गरी जम्मा…

Read More

काठमाडौँ – सल्यानको शारदा नगरपालिका-१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरू विरुद्ध आयोगले सात लाख १४ हजार ४१ बराबरको…

Read More

काठमाडौं – काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो । बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।

Read More

काठमाडौं – बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्‍याएपछि जरिवाना तिरेको हो ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था छ । सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ । त्यस्तै सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत ९सीईओ० श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ…

Read More

काठमाडौं – सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो । “अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट गत कात्तिक २० मा जारी भएको अन्तरिम आदेश कायम रहनु वाञ्छनीय नहुँदा उक्त मितिको अन्तरिम आदेश रद्द गरिएको छ ।”, आदेशमा उल्लेख छ । आदेशमा प्रतिनिधित्व सुनिश्चिततामा विविधतामा…

Read More

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको…

Read More