Author: Saru Shrestha

काठमाडौँ – नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो ।

Read More

काठमाडौँ – टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया- २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए । चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।

Read More

काठमाडौँ – बागी उम्मेदवारी फिर्ता नगरे नेपाली काँग्रेसले उम्मेदवारलाई कारबाही गर्ने भएको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो। बैठकपछि काँग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएको हो। पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो। फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

Read More

काठमाडौँ – कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक देखिएको छ । प्रमुख दुई पार्टीका सुदूरपश्चिम प्रदेश नेतृत्व चुनावी मैदानमा आमनेसामने भएपछि चुनावी रौनक बढेको हो । त्यस क्षेत्रमा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धनबाट र नेकपा (एमाले)का प्रदेश प्रदेश इन्चार्ज लेखराज भट्ट चुनावमा भिड्दै छन् । काँग्रेसले प्रदेश सभापति बलायरलाई डोटीबाट कैलाली ४ मा चुनाव लड्न पठाएको छ भने एमालेले यसअघि नै पार्टीका सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । यसरी पार्टीको प्रदेश कमाण्ड समालिरहेका दुई नेता एकै ठाउँबाट चुनाव लड्ने भएपछि कैलाली ४ ले सबैको ध्यान तानेको छ । एमालेका भट्ट यसै क्षेत्रबाट…

Read More

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्। यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन्। आयोगले भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। ALL_CANDIDATE_PA_2079_06_25-1-1Download

Read More

धनगढी – कैलालीको गोदावरी नगरपालिका-१ भरतपुरस्थित उग्रतारा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान डोटीको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका ३६ वर्षीय छत्र शाहीको मृत्यु भएको प्रहरीले बताएको हो। प्रहरीका अनुसार यही असोज २२ गतेदेखि उक्त सुधार केन्द्रमा रहेका उनी आज बिहान एक्कासी बिरामी हुँदा सेती प्रादेशिक अस्पताल लगिएको थियो। बिहान ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। तर मृतक शाहीका आफन्तले भने सुधार केन्द्रका सञ्चालक र कर्मचारीले उनका हात खुट्टा बाँधेर कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन्। उनका आफन्तले प्रहरीमा सुधार केन्द्रका सञ्चालक र कर्मचारीविरुद्ध किटानी जाहेरी…

Read More

सिरहा – यहीँ मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ । चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरूले गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बढेको आकलन गरिएको छ । तर, स्वतन्त्र उम्मेदवारहरू पार्टीहरूले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्छन् । सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा…

Read More

काठमाडौं – रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)का नेपाली कांग्रेसका उम्मेदवार प्रेसमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै ७ लाख रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो । तर, ओलीले भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए । माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७९ जनाको पिसिआर र एक हजार ६४३ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै देशभर ५७५ जना सक्रिय संक्रमित रहेका छन् । आज २९ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Read More

काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

Read More