राम धामी,डडेल्धुरा – प्रतिनिधी सभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभाका पुर्व साँसद चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएसँगै डडेल्धुरामा नेपाली काँग्रेस (विपी), नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच चुनावी मोर्चाबन्दी भएको छ । नेकपा (एमाले)ले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी)का उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने सहमति अनुरुप प्रतिनिधी सभा सदस्य पदमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएको हो । पार्टीको निर्णयअनुसार आफुले उम्मेदवारी दर्ता गराएको र नेपाली काँग्रेस (विपी)सँग भएको सहमति अनुसार पार्टी केन्द्रीय कार्यालयबाटै आफ्नो उम्मेदवारी फिर्ता ल्याइएको एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले बताए । एमालेले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी)का उम्मेदवार…
Author: Saru Shrestha
डडेल्धुरा- डडेल्धुराको प्रदेश सभा ‘२’ मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका डा.तारा जोशीले चुनाव चिह्न लाल्टिन पाएका छन्। गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए।
काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको सदस्यसमेत नरहने गरी उनीहरूलाई पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’ विज्ञप्तिमा उल्लेख…
बझाङ – बझाङमा स्वतन्त्र उम्मेदवारी दिएका पाँचै जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काङग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सिंहले गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन्। यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन्। प्रदेश १ कै लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर…
कञ्चनपुर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनविरुद्ध उठेका बागीले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीका अनुसार प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका जितबहादुर करियाँग्रौहा र प्रदेश सभा ‘ख’ मा जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन्। सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एनपी साउद उम्मेदवार रहेका छन्। प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका ओम विक्रम भाट ९सरल० र प्रदेश सभा ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन्। सोही क्षेत्रमा नेकपा एमालेका बागी उम्मेदवार भने फिर्ता भएका छैनन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्रदेश सभा ‘क’ मा टेकबहादुर हमाल…
काठमाडौँ – अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेको छ । आवेदन खुलेसँगै नेपालीहरू यो वर्ष पनि चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा छन् । १९ असोज २०७९ मा खुलेको डीभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर)सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरू मध्येबाट हरेक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिट्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ । अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउँदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि नेपालीहरू डिभी भर्ने केन्द्रहरूमा लाइन लागेका छन् । नेपालस्थित अमेरिकी दूतावासले डिभीबारे एक सार्वजनिक सूचना जारी गर्दै डिभी…
काठमाडौँ – सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्ने बताएको हो । ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ । अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ ।
भक्तपुर – भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ(आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश क का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेका अनुसार राष्टिय प्रजातन्त्र पार्टी साथै भक्तपुर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका बद्रिकृष्ण त्यात श्रेष्ठ र दिलप्रसाद गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । दिलप्रसादले भक्तपुर २ प्रदेश क (सूर्यविनायक) र बद्रीकृष्णले भक्तपुर २ प्रदेश ख (मध्यपुर थिमि) बाट उम्मेदवारी फिर्ता लिएका हुन् । प्रमुख निर्वाचन अधिकृत गोपाल बाँंस्तोलाले भक्तपुर १ मा दुईजनाको उम्मेदवारी रद्द भएको जानकारी गराए । भक्तपुर १ मा…
काठमाडौँ – नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात् सुई चिन्ह पाएका हुन् । आज उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम समेत रहेको थियो । सो क्रममा डडेल्धुरामा ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले रातोपाटीलाई जानकारी दिए ।
काठमाडौँ – संस्कृतिविद् एवम वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई डिलक्स क्याबिनमा सारिएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक डा।सुरज बज्राचार्यका अनुसार जोशीको स्वास्थ्यमा केही सुधार भएको र दोहोरो कुरा गर्न सक्ने अवस्थामा छन् । ‘उहाँ सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानीमा राखिएको छ,’ डा। बज्राचार्यले भने । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।