अत्तरिया – कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थिए । प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे। देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो । प्रदेशसभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए ।…
Author: Saru Shrestha
काठमाडौ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल,…
मकवानपुर – पुर्खौली घर दार्चुला भएका दिपक बहादुर सिह मकवानपुरबाट सांसद चुनिए का छन । राप्रपाबाट उम्मेदवार उनि मकवानपुर क्षेत्र नम्बर–१ बाट विजयी भएका हुन । दार्चुलाको मार्मा पुर्खौली घर भएका सिह लामो समयदेखि मकवानपुर बस्दै आएका थिए । उनका बुवा अकबर बहादुर सिह २०४८ मा दार्चुला २ बाट सांसद बनेका थिए । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डीना०र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम…
धनगढी – कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ । डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए ।
कञ्चन्पुर निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मतान्तर बढाउँदै जित नजिक पुगेका छन् । उनले हालसम्म २४,७६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १९,६१४ मत प्राप्त गरेका छन् ।
कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मतान्तर बढाउँदै जित नजिक पुगेका छन् । उनले हालसम्म २३,८१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १८,७३३ मत प्राप्त गरेका छन् । धामी साउद भन्दा ५,०८६ मतले पछि परेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङले अग्रता कायमै राखेका छन् । उनले हालसम्म १२,५९५ मत प्राप्त गरका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ८,९५७ मत ल्याएकी छिन्। बिना लामा भन्दा ३,६३८ मतले पछि छिन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी दिल्ली वहादुर शाहीले १३९४ कमत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार नन्द कुमार रानाले १२८९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार देब राज जोशीले ८५२, स्वतन्त्र उम्मेद्वार जगत वहादुर सायरले ६२६ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार रामकिसन रानाले ७६, स्वतन्त्र उम्मेद्वार खेम सुवेदीले १७०, नेपाल मजदुर किसान पार्टीकी…
धनगढी – बाजुरामा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरिएको छ। जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट सर्वदलिय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले आक्रमण गरेका हुन्। मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखहरुमाथि आक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए। अनेरास्वीयुका कार्यकताले प्रहरी, प्रशासनविरुद्ध नारा लागइरहेका बेला उनीहरुमाथि ढुङ्गा प्रहार भएको बिष्टले बताए।
दार्चुला – एउटा मात्र प्रतिनिधिसभा निवार्चन क्षेत्र रहेको दार्चुलामा मत गनणा सम्पन्न भएको छ । प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना लाई पछि पार्दै बडू विजयी भएका हुन् । बडूले २७ हजार ४२१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका ठगुन्नाले २५हजार ६७९ मत प्राप्त गरेका छन् ।
धनगढी – डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगर सुरुवातदेखि नै अग्र स्थानमा छन्। प्रतिनिधि सभातर्फको हालसम्मको मत गणनामा उनले २१ हजार २६१ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गौरी वलीले १७ हजार ६२० मत प्राप्त गरेकी छन्। प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहेका छन्।