Author: Saru Shrestha

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार बाँके कोहलपुर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो । यसैगरी, सप्तरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको र जिल्ला कैलाली श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीविरुद्ध शैक्षिक योग्यताको…

Read More

काठमाडौँ – झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ वर्षीय एल.बि.(लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुलाचुली(४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङ गत बुधबार दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक धारिलो हतियार ९खुकुरी, ढुङ्गा० प्रहार गरी शरीरको…

Read More

काठमाडौँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटेलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम द्रुत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । बन्दीपुर गाउँपालिका(४ बरालथोकमा पाँच तारे होटेलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटेलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे…

Read More

काठमाडौँ – निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरूको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो । आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ । ‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरू प्रचार…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल गर्न समिति बनाएको छ । पार्टीले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको एक नेताले जानकारी दिए । समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य छन् ।

Read More

काठमाडौं – निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ । निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।

Read More

काठमाडौँ- यातायात क्षेत्रका मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानुन अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै सो व्यवस्था सच्याउन माग गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै स्वरोजगार यातायात मजदुर सङ्गठन आबद्ध मजदुरले उक्त व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्कामा पारेको जनाएका हुन्। बिस वर्षे सवारीसाधन हटाउने नीतिका कारण गत असार मसान्तसम्म मात्रै साबिकका छ वटा अञ्चलका आठ हजार नौ वटा सवारीसाधन चल्न नपाउने अवस्थामा पुगेको सङ्गठनका अध्यक्ष खड्गबहादुर गिरीले जानकारी दिए। यसमध्ये साबिकको मेची अञ्चलमा दर्ता भएका दुई हजार एक सय २१, कोसीका सात सय २८, जनकपुरका पाँच सय १६, नारायणीका एक हजार ७२, बागमतीका एक हजार एक सय ४३…

Read More

काठमाडौं – निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । Press_2079_6_6Download

Read More

दार्चुला – जिल्ला सदरमुकाममा रहेको खलंगा बजारको अनुगमन सुरु गरिएको छ । चाडपर्व लक्षित गरेर जिल्ला सदरमुकाममा रहेको होटेल,खाद्यन्न पसल लगायत होलसेल पसलहरुको अनगुमन गर्न लागिएको हो । जिल्ला स्तरिय बजार अनुगमन समितिले बसपार्क देखि महेन्द्र नमुना माध्यमिक विद्यालय सम्म रहेका होटेल, नास्ता र मिष्ठान पसल र दैनिक उपभोग्य पसलहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकांस पसलहरुबाट म्याद नाघेका अखाद्य वस्तु भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभएको छ ।त्यस्तै केहि पसलहरुले मुल्यसुचि नराखेको र अद्यावधिक समेत नगरेको भेट्टिएको छ । होटेल, दैनिक उपभोग्य खाद्यवस्तुका पसल, मिष्ठान पसल र नास्ता पसल गरि १५ पसलमा अनुगमन गरिएको सहायक…

Read More

काठमाडौँ – चारै सुरक्षा निकायका प्रमुखले जङ्गी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख हुतराज बीच जङ्गी अड्‍डामा भेटघाट तथा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतस् आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले…

Read More