Author: Saru Shrestha

काठमाडौं – आमनिर्वाचन २०७९ काे अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् । समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४…

Read More

काठमाडौं – परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । ढकाललाई संसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ । सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन्: अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ…

Read More

काठमाडौ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

Read More

भैरहवा – सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)ले डोजर चलाउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक-पटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेपछि पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो । यस्तै आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटा घरमा डोजर चलाएर सार्वजनिक जग्गाको संरक्षणमा जुटेको छ । नौडिहवा टोल विकास समितीले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि…

Read More

काठमाडौँ – एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार पश्चिमी भारतको राजस्थान राज्यमा सिलिन्डर विस्फोट भएको हो । राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो । मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन्। घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ । अधिकारीहरूका…

Read More

काठमाडौँ – प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । महारथी प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १३ र १४ स्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण, निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरूका अधिकृतहरूको राष्ट्रिय सुरक्षा सम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने, विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरूका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गर्नुका साथै…

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ । पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन् । नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १…

Read More

धनगढी – गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा आयोजना गरेको आँखा शिविरबाट १५४ जनाको ज्योती फर्काएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका थिए । १ हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको सल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । १५३ जनाको आँखामा मोतियाबिन्द र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो । कैलालीको लम्की चुहा नगरपालिका वा नम्बर ३ बलचौरमा सञ्चालित चालित आँखा शिविरमा ४६७ जना आँखाका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराईएको…

Read More

बुटवल – नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताए । ‘कतिपय नेताले निर्वाचनको जनादेशका आधारमा एमाले प्रतिपक्षीको भूमिकामा बस्ने भनेर पनि तर्क गरेका छन्, त्यसो हो भने अहिलेको सरकारको नेतृत्व ९३ जना सांसद भएको दललाई प्रतिपक्षमा रखेर ६३ जना सांसद भएको दलले किन गर्‍यो ?,’ काँग्रेसप्रति लक्षित गर्दै उनले भने,…

Read More

बाजुरा – बाजुरामा एक कुखुरा फर्मभित्र आगलागी हुँदा ९ लाख बढीको क्षति भएको छ । जिल्लाको बडिमालिका नगरपालिका ६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र हिटर सर्ट भई गएराति आगलागी भएको हो । आगलागीबाट कुखुरा फर्मभित्र रहेका ९ सय ८० ओटा कुखुरा, दाना लगायत जलेर नष्ट हुँदा ९ लाख ८८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिइएको जनाएको छ ।

Read More