Author: Saru Shrestha

काठमाडौँ – डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएको छ । सह(प्रवक्ता डा।समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ ।’

Read More

काठमाडौँ – बैङ्क तथा वित्तीय संस्थाहरूले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा दिँदा धितोको रूपमा घर तथा जग्गालाई प्राथमिकता दिने र यसरी धितो राख्नको लागि नक्सा आवश्यक पर्ने हुँदा नापी कार्यालय धाउनु पर्ने बाध्यता थियो । तर, अब भने यस्तो बाध्यता हटेकोले डिजिटल रूपमै नक्सा लिन सकिने व्यवस्था मिलाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन…

Read More

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ । केहिबेर अघिबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल भैरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Read More

जुम्ला – जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर…

Read More

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैर कानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ । ‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैरशरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ । झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहेको बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ । प्रलोभन देखाएर…

Read More

काठमाडौं – लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ । आयोगबाट प्रस्तुत भएको यो ६३औं वार्षिक प्रतिवेदन हो । आयोगका तर्फवाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण प्रस्तुत गरेका थिए । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी वनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् । पेश…

Read More

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा…

Read More

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ । टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

Read More

काठमाडौं – दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको…

Read More

जनकपुरधाम – धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।

Read More