काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ । गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको आरोप थियो । उक्त आरोप लगाएर अदालतलाई आफु अनुकुलको फैसला गर्न आयोगले दबाब दिन खोजेको बारको निष्कर्ष छ । बिहीबार बारको केन्द्रीय समिति र उपत्यका पदाधिकारीको बसेको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अदालतलाई आफु अनुकुलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल…
Author: Saru Shrestha
बनियानी – नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गरेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा क्रममा आज उनले मुलुक र जनताको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गरेका हुन् । “संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ”, उनले भने, “गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।” उनले यस क्षेत्रको सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रका काम गरेको उल्लेख गर्दै भने, “स्थानीय समस्याका…
रोल्पा – रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका-२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको हो । प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३०/३२ उमेरकी देखिने महिलाको शव खोलामा तैरिएको फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिएपछि सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएको हो । शवबारे प्रहरीले थप अध्ययन गरिरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी दिन र थप सूचना दिन स्थानीयलाई प्रहरीले आग्रह गरेको छ । महिलाको शवलाई पोस्टमार्टम गर्न प्रहरीको सहयोगमा लिवाङ तेउघास्थित रोल्पा अस्पतालमा लगेकाे जनाइएकाे…
बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए । आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरे । उनले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३-७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताए । काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
धनगढी – संघीयतापछि प्रदेश स्थापना भए पनि राजनीतिक दलले प्रदेशलाई भने खास्सै महत्व दिएका छैनन् । राजनीतिक दलले प्रदेशमा आफ्नो उम्मेदवार तोकेर प्रदेश सरकार बनाउने परिकल्पना गरे पनि प्रदेश सरकारले के गर्ने, कसरी काम गर्छ, प्रदेशका तत्कालीन र दीर्घकालिन योजना के हुने भन्ने बारेमा भने नेकपा एमालेबाहेक अन्य दलले प्रदेश घोषणा पत्र ल्याएका छैनन् । एमालेबाहेकका दलहरूले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जारी गरेका केन्द्रीय चुनावी घोषणापत्रलाई नै प्रदेश घोषणा पत्रका रुपमा लग्न थालेका छन् । २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारहरू राजनीतिक दलको केन्द्रीय घोषणापत्रबाटै चुनावी प्रतिष्पर्धामा रहेका थिए । विभिन्न राजनीतिक दलहरूको प्रदेश संरचना भएपनि आफ्ना पार्टीका उम्मेदवारका लागि…
बाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
एजेन्सी – क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्ताले एएफपीलाई भने, ‘मृत सिलहरूको शव फेला परेको छ।’ मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमूनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए । संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यास्पियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियाो । क्यास्पियन सागर पाँच देशहरूः रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ । क्यास्पियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक…
विराटनगर – मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ । उम्मेदवारको नामावली…
एजेन्सी – हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एकको संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । गरीब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ, जुन राष्ट्रसंघका अनुसार १० वर्षमा राष्ट्रलाई प्रभावित गर्ने सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।
काठमाडौं – निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।‘निर्वाचन आचारसंहिता अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न पाइँदैन । तर, बागमतीले ३० असोजमा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न…