Author: Saru Shrestha

काठमाडौँ – महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्रहरू नभई धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो ।

Read More

कैलाली – धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम फेला परेको छ । सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विकले उक्त रकम भारतबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा आठ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

काठमाडौँ – प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ। माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह गर्दा पनि नमानेपछि नियन्त्रणमा लिएको हो। प्रहरीले ती मिटरब्याज पीडितलाई विभिन्न प्रहरी कार्यालयमा राखेको जनाएको छ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरिसकेका छन् ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सह(प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेस गर्नुपर्ने छ । सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गरेकी उनले नागरिकता विधेयकलाई भने प्रमाणीकरण गरेकी छैनन् । संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरुमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र…

Read More

काठमाडौँ – सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको हो । यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जानकारी दिएको छ । प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ…

Read More

काठमाडौँ – स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोटरसाइकल चलाउने २ जना पनि कारबाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

Read More

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ ।

Read More

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जङ्गी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद भविष्यको लागि शुभकामना व्यक्त गरे । नेपाली सेनाले यस प्रकारको भेटबाट दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ । बेरीलाई वासिङ्टनले यसअघि नै नामिबियाका लागि राजदूतका लागि सिफारिस गरिसकेको छ । अब नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् । गत चैतमा अमेरिकी…

Read More