Author: Saru Shrestha

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स-नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ । उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Read More

बाँके – जिल्लाको कोहलपुर न्युरोड चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम आज गरिएको छ । बाँके जिल्ला ट्राफिक र त्रिभुवन माध्यमिक बिधालय का विद्यार्थीको सयुक्त रुपमा गरिएको जनचेतनामुलक कार्यक्रम को आव्हान कोहलपुरका युवा सचेत नागरिक दिनेश न्यौपानेले गरेका हुन् । आज भएको ट्राफिक जनचेतना मुलक कार्यक्रममा सवारीचालकहरुलाई ट्राफिक नियमको बारेमा बिद्यार्थीहरुले ट्राफिक नियम पालना गरिदिन आग्रह गरेका थिए । ट्राफिक र संयुक्त बिद्यार्थीको ट्राफिक जनचेतनामूलक कार्यक्रम करिब १ घन्टा चलेको हो । बढ्दो दुर्घटना न्यूनीकरण गर्नको लागि जनचेतनामूलक कार्यक्रम गर्नु परेको न्यौपानेले बताए । ट्राफिक जनचेतनामूलक आजको कार्यक्रममा तीब्र गति जिबनको क्षती, हेल्मेट को प्रयोग गरौ, साइड लाइट को प्रयोग गरौ लगायतका…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक(पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो। महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कुल(नयाँ बजार, रञ्जना ट्रेड सेन्टर-न्युरोड, साझा भण्डा-भोटाहिटी, राष्ट्रिय नाचघर-जमल, चेम्बर अफ कमर्स-जमल, कर्मचारी सञ्चय कोष-ठमेल, नेपाल विद्युत् प्राधिकरण-रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड-सिंहदरबारलाई पत्र लेखेको हो। यस्तै, महानगरले नेपाली…

Read More

काठमाडौँ – लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको हो। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलेमतोमा अस्पताल भवन निर्माणको लागि ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो। उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी सुवर्णप्रसाद…

Read More

बारा – नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह ९टङ्की० निर्माणको काम अघि बढाएको छ । हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो । निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्याङ्की निर्माणको काम अघि बढाएको हो । भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसैँपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिए ।…

Read More

काठमाडौं – सरकार संसद्को कार्यकालसम्बन्धी विवादमा पछि हटेको छ । प्रतिनिधिसभामा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले हालेको संशोधन स्वीकार गर्दै आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको हो । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत् संसदीय चुनावपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नुपर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव स्वीकार गरेको हो । अब संसद्को कार्याकाल असोज १ गतेसम्म कायम हुने छ।

Read More

धनगढी – कैलालीस्थित धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा बाँके हल्दारपुर बस्ने अन्दाजी ६५ वर्षीय दीपक ढुङ्गाना सोमबार राति मृत फेला परेका हुन्। मृतक ढुङ्गाना केही समय अगाडिदेखी बसपार्क एरियामा कभाड र खाली बोतलहरु उठाउने, सोही एरियामा खाने बस्ने गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Read More

काठमाडौं – भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । मंगलबार दिउँसो सिंहदरबार पुगेर पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । साथै, पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिएका थिए । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गत आइतबार आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको दज्र्यानी चिन्हसमेत प्राप्त गरेका छन्।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैका ५० बढी अवैध संरचना भत्काइएको थियो। महानगरले यसअघि बानेश्वर कम्प्लेक्समा निर्माण भएका, काठमाडौं मलका, आरबी कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमकै अल्फाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । लगत्तै उनलाई थुनामुक्त गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो । शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको…

Read More