बाँके – जिल्लाको कोहलपुर न्युरोड चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम आज गरिएको छ । बाँके जिल्ला ट्राफिक र त्रिभुवन माध्यमिक बिधालय का विद्यार्थीको सयुक्त रुपमा गरिएको जनचेतनामुलक कार्यक्रम को आव्हान कोहलपुरका युवा सचेत नागरिक दिनेश न्यौपानेले गरेका हुन् ।
आज भएको ट्राफिक जनचेतना मुलक कार्यक्रममा सवारीचालकहरुलाई ट्राफिक नियमको बारेमा बिद्यार्थीहरुले ट्राफिक नियम पालना गरिदिन आग्रह गरेका थिए । ट्राफिक र संयुक्त बिद्यार्थीको ट्राफिक जनचेतनामूलक कार्यक्रम करिब १ घन्टा चलेको हो । बढ्दो दुर्घटना न्यूनीकरण गर्नको लागि जनचेतनामूलक कार्यक्रम गर्नु परेको न्यौपानेले बताए ।
ट्राफिक जनचेतनामूलक आजको कार्यक्रममा तीब्र गति जिबनको क्षती, हेल्मेट को प्रयोग गरौ, साइड लाइट को प्रयोग गरौ लगायतका ट्राफिक जनचेतनामूलक सन्देश हरु सवारीचालक हरु लाई जानकारी गराइएको थियो ।