Author: Saru Shrestha

काठमाडौँ – कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो। ३१ भदौको रातिदेखि बिरामी परेका उनलाई भोलिपल्ट १ असोजमा नै डेंगु देखिएको थियो। जिल्ला अस्पताल अछाममा रगत परीक्षणका क्रममा डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो। जिल्ला अस्पताल अछामका सिनियर अनमी गङ्गा बुढामगरका अनुसार त्यो वेला उनलाई १०३.६ डिग्रीभन्दा धेरै ज्वरो थियो भने सुगर र प्रेसरसमेत असन्तुलित अवस्थामा रहेको थियो। दुई दिनसम्म जिल्लामै बसेर उपचार गरे पनि अवस्था झन्झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि कार्यालयकै…

Read More

काठमाडौँ – अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरियापुत्रीलाई हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले जानकारी दिए । पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरूप एक लाख र किरिया खर्च २० हजार गरी एक लाख २० हजार र एकै घरपरिवारका एकभन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई एकमुस्ट दुई…

Read More

कर्णाली – रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाउनुभयो । उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल…

Read More

काठमाडौँ – हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखाङ्कन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेको छ। भदौ सुरुतिर महानगरले टुकुचाको रेखाङ्कन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको थियो। त्यसपछि विभागले आफ्नो तालुक मन्त्रालय भूमि व्यवस्था मन्त्रालयमा महानगरको प्रस्ताव जानकारी गराएको थियो। मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो। समितिले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई बुझाएको जोशीले जानकारी दिए। समितिले टुकुचा रेखाङ्कन नै गर्ने भए सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति बनाउन र अध्ययन गरेर निकालिएको निष्कर्षका आधारमा प्रक्रिया अघि बढाउन सक्ने अर्को निष्कर्ष पनि प्रतिवेदनले दिएको छ। प्रतिवेदनको निष्कर्ष महानगरका प्रशासकीय अधिकृत…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा रिट परेको छ । कानुन व्यवसायीहरूले पाँचवटा रिट दर्ता गरेका छन् । राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संशोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध रिट परेको हो । रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर…

Read More

धनगढी – दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २६२ जनाको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४०५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एउटा कित्ताका जग्गाधनी बाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिक रकम बुझिसकेका छन् । तर, मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दैकेही स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । सबस्टेसन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि नेपाल विद्युत…

Read More

काठमाडौ – बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको पनि उनले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।

Read More

काठमाडौं – काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो । अदालतको यो आदेश आएसँगै काठमाडौं महानगरका प्रमुख…

Read More