पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक मन्त्रीको स्वागत सत्कारमै हप्तामै लाखौँ रुपैयाँ खर्च भइरहेको बताएका छन् । शनिबार पोखरामा होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा बोल्दै मन्त्री किरातीले खादा माला नलगाउन उद्घोष गरे पनि भेट्न आउँदा ल्याइदिने गरेकासँग सामाजिक अभियान सञ्चालन गरेको बताए । ‘जबरजस्ती माला खादा बोकेर आउने साथीहरूका लागि मैले अभियान सञ्चालन गरे । माला खादा किन्ने पैसाले दुर्गम गाउँको शिक्षामा लगेर सहयोग गर्न अभियान सञ्चालन गरे । ७ दिनमा ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भयो,’ मन्त्री किरातीले भने, ‘तपाईंहरू भन्नुस् । एक जना मन्त्रीले ७ दिनमा ६ लाखको खादा लगाउँछन्…
Author: Saru Shrestha
जनकपुरधाम- उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्। यादवले शनिबार जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजा अर्चना र दर्शन गरेका हुन् । बुद्ध एयरको विमानबाट जनकपुरधाम आएका उपराष्ट्रपति यादवले सिधै जनकपुरधामको जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना, दर्शन अवलोकन र प्रसाद ग्रहण गरे ।
मोरङ – गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्गशालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन् । यस्तै समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम र दोस्रो मधेस प्रदेश छन् । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलले पराजित गरेको छ। सुदूरपश्चिमका दीपकराज जोशीले दुई, धीरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले एक–एक गोल गरेका थिए । मधेस प्रदेशका विशाल क्षेत्री, रूपक दाहाल र रुपेश राईले एक–एक…
धनगढी – होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा होटल क्रिस्टलका संचालक केशवदत्त पाण्डे निर्विरोध निर्वाचित भएका छन्। शनिबार भएको संघको ३१ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा होटल जलशाका संचालक दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेश कुमार चन्द, सचिवमा प्रजापति जोशी, कोषाध्यक्षमा भक्तबहादुर थापा सर्वसम्मत चयन भएका छन् । यस्तै धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीप ध्वज थापा, विष्णु केसी, करनसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट र सुरेन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् । साधारण सभाको एक समारोहकाबिच होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दीनेशकुमार चुकेले गरेका थिए…
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए । उनले निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने धारणा राखे । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहुँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ ।…
काठमाडौँ – विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरूमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । साउदी अरब, इराक तथा अन्य धेरै खाडी देशले दैनिक तेल आपूर्तिमा १० लाख ब्यारेलले कटौती गरेका छन् । त्यस्तै ओपेक प्लसको सदस्य मुलुक रुसले यो वर्षको अन्त्यसम्मका लागि तेल उत्पादनमा दैनिक ५ लाख ब्यारेल कटौती गर्नेछ ।पेट्रोलियम पदार्थका उत्पादक मुलुकहरूको उक्त निर्णयको अमेरिकाले भने आलोचना गरेको छ । ओपेक प्लस के हो?ओपेक प्लस तेल निर्यातक मुलुकहरूको एक समूह हो । यसले कति कच्चा तेल विश्व बजारमा बिक्री गर्ने भन्ने निर्णय गर्नका लागि नियमित…
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
सर्लाही – सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो । कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ ।…
काठमाडौं – प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा शिर्ष नेताहरुको भेटघाट भएको छ । प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रम दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसंग जोडीएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरेको छ । पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रम देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाई गरिएको सामाजिक बिकास मन्त्रालयका प्रबक्ता तथा बरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए । ‘अहिले भारत संग सीमाना जोडिएका प्रदेशका सवै नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनिहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र…