Author: Saru Shrestha

धनगढी – डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाक जिल्लाको केआइ-सिंह गाउँपालिका ४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ट्यांकर दुर्घटना भएको हो । ना२ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटनामा हुँदा चालक डडेल्धुराको आलिताल गाउँपालिका-८ का ३८ वर्षीय दानबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए । राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।” ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको…

Read More

काठमाडौं – दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन । मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो । आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन । सही अविधमा थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।

Read More

लमजुङ – बेंसीसहर–डुम्रे राजमार्गमा पर्ने लमजुङको उदीपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ ।  वैकल्पिक सडक निर्माण गरिएसँगै ५ महिनापछि उक्त सडक भएर सवारी आवागमन हुन थालेको छ । डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो । लमजुङ र मनाङका बासिन्दालाई प्रभावित पार्ने गरी पहिरो गएकोमा सडक निर्माणकार्य ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सडक कार्यालयका तर्फबाट सडक निर्माण गरिनुपर्नेमा स्थानीय तहकोसमेत दायित्व सम्झेर सडक निर्माण गरिएको बताए । ‘यसअघि पानी परिरहेको थियो । हामीले पानी पर्न रोकिएपछि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गर्ने तयारी गरेका थियौं ।…

Read More

रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जीत दर्ता…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा देखिएको जनाएको छ । बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए ।  उनले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रह गरे ।

Read More

अङ्कारा – टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो । सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले उल्लेख गरेको छ। अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो। टर्किएमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये ३७ लाखभन्दा बढी सिरियाका छन्। त्यसैगरी अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो।अहिले…

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ । अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ । महाशाखा प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरुमा विदा दिने निर्णय भएको बताए ।

Read More