Author: Saru Shrestha

काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए । साेही क्रममा झडपसमेत भएको हो ।

Read More

काठमाडौं – प्राडा गोविन्द केसीले आज साँझ ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले बताए। केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको सुवेदीले बताए। यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अनशन बसिसकेका छन्।

Read More

काठमाडौँ – चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ । अख्तियारले लामिछानेसहित सोही कार्यालयका अर्का निमित्त कामु निर्देशक मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, सोही विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालयका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही, इलाइट इफ्रास्ट्रक्चरका सञ्चालक उपेन्द्रकुमार शाही, चामुण्डा-४ का स्थानीय…

Read More

दार्चुला – महाकाली नगरपालिकाले निजामती सेवा दिवस २०७९ को पूनित अवसरमा कार्यालयमा उपस्थित हुने प्रथम तीन जना सेवा ग्राहीहरुलाई स्वागत तथा सम्मान गरेको छ । आईतबार निजामती सेवा दिवसको पूनित अवसरमा तीन कर्मचारीलाई स्वागत तथा सम्मान गर्दै सेवाप्रवाह थालनी गरेको छ । सो सन्दर्भमा सेवाग्राहीलाई कर्मचारीले आफूबाटै नमस्कार गर्ने अभियानको शुभारम्भ गर्दै त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता समेत गरिएको छ । साथै निजामती सेवा दिवस २०७९ को अवसरमा वर्षभरी जनसेवामा खटिने सबै कर्मचारीलाई धन्यवाद तथावधाई दिँदै कार्यरत सबै कर्मचारी उत्कृष्ट नै भएतापनि विभिन्न सेवा समूह र तह समेट्ने गरी प्रतिनिधिकोरुपमा तपसीलका केही उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय पनि गरिएको…

Read More

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले वडा नं १ देखि ४ सम्मका सम्पुर्ण विद्यायहरुलाई यो महिना सम्मका लागि बन्द गरेको छ । आइतबार महाकाली नगरपालिकाले एक सुचना जारी गदै नगरपालिकाका वडा नं १ देखि ४ सम्मका सम्पुर्ण विद्यालयहरु बन्द गर्न सुचना जारी गरेको हो । भाद्र २४ गते राती आएको बाढीका कारण महाकाली नगरपालिका वडा नं १ देखि ३ सम्मका विभिन्न खोलाहरुले धनजनको क्षेति तथा जनजीवन अस्थव्यस्त हुनुका साथै नगरपालिका भित्रका यि वडामा रहेको विद्यालयहरुमा समेत भौतिक र मानविय क्षेति भएकाले तत्काल विद्यालयहरु बन्द गरेको नगरपालिकाले जारी गरेको सुचनामा जनाएको छ । यस्तै २४ गते राती आएको बाढीका कारण बालबालिकाहरुमा समेत…

Read More

काठमाडौँ – नेपाली काँग्रेस चितवनको विद्रोही समूहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई चुनौती दिने तयारी थालेको छ । काँग्रेस शुद्धीकरण अभियान नामको उक्त समूहले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको नाममा काँग्रेसले उम्मेदवारी नदिएका ठाउँमा बागी उम्मेदवारी खडा गर्ने घोषणा गरेको हो । चितवनका ३ प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा मध्ये काँग्रेसका उम्मेदवार नभएको क्षेत्रमा बागी उम्मेदवारी दिने काँग्रेसको विद्रोही समूहको अडान छ । यो समूहले गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा जगन्नाथ पौडेललाई विद्रोही खडा गरेको थियो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन…

Read More

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।

Read More

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागका पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । विभागका ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भीमबहादुर बुढाथोकीको डीआईजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो। बढुवा भएसँगै चार जनालाई प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । ओम खड्कालाई सुदुरपश्चिम, कृष्ण खनाललाई प्रदेश नम्बर १, रामप्रसाद दाहाललाई कर्णाली तथा प्रजेशसिंह हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ। प्रजेशसिंह बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ। त्यस्तै, विभागका दुई डीआईजीको पनि सरुवा भएको छ। प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमती तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको हो ।

Read More

काठमाडौं – महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए । घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा बसेका थिए । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।

Read More