काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ। लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुआती अग्रता बनाएको छ । खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन् । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।
Author: Saru Shrestha
खलङ्गा – दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् । शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउछन् । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उनको भनाइ छ । महाकाली नगरपालिका–७ का फगिरसिंह धामी केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको बताउछन् । रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल…
महेन्द्रनगर – विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन । यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय…
बैतडी–बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएको भन्दै शनिबार बसेको नगरकार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय गरेको हो । प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए । नगरपालिकामा कार्यरत प्राविधिकहरु करारमा राखिएका थिए ।
धनगढी – कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको हो । घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो । साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।
कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना घाइते भएका छन् ।
काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए– बुधबारसम्म संसदीय दलको नेताका लागि चुनाव हुन्छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलकाे नेता नै प्रधानमन्त्री हुने उल्लेख छ । अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा…
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए । भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ ।
काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा…