काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।
लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका हुन् ।
फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।
Facebook Comments Box