बैतडी–बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएको भन्दै शनिबार बसेको नगरकार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए । नगरपालिकामा कार्यरत प्राविधिकहरु करारमा राखिएका थिए ।
Facebook Comments Box