काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन्। भारतीय विदेशमन्त्री जयशंकरले साउद परराष्ट्रमन्त्री नियुक्त भएकै दिन आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्। साउदको नयाँ भूमिकाका लागि सफलताको शुभकामनासमेत व्यक्त गर्दै उनले दुई देशबीचको बहुआयामिक साझेदारी मजबुत बनाउन सँगै काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।
Author: Saru Shrestha
काठमाडौं – पछिल्लो समय स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै बन्दै गएका छन् । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू छिटो कमाऊ धन्दामा लाग्दा स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारसँग सम्बन्धी एक महिनाको आकंडाले पनि यसलाई पुष्टि गर्छ । आयोगको २०७९ चैत्र महिनाको तथ्याङ्क अनुसार स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी गरी १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने ६ जना घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आयोगको तथ्याङ्क अनुसार पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर…
काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका थिए । भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको बताइएकव छ ।
काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प रुपन्देहीका प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता भोला दाहालले सेवाग्राहीसँग ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा २० हजार घुस माग गरेको उजुरी निवेदनका आधारमा आयोगको टोलीले प्रहरी हवल्दार सेनलाई घुस लिइसकेको अवस्थामा चैत्र २१ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा प्रहरी सहायक हवल्दार सेनले २० हजार घुस लिएको पुष्टि हुन आएकाले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए। अख्तियारले सेनविरूद्ध २० हजार विगोसहित जरिवाना सजाय माग गरेको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन जान लागेका हुन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमणको तयारी हो । नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि बेलायत भ्रमण हुन लागेको हो । यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए ।
काठमाडौँ – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मोर्चा बन्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्र छिट्टै मोर्चा बनाउने तयारी रहेको बताए । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्र तीन पार्टीबीच मोर्चा बन्ने बताएका हुन् । उनले मोर्चाले सकारात्मक रूप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’ आगामी वैशाख १० गते बारा-२ , तनहुँ-१ र चितवन-२ मा उपनिर्वाचन हुँदैछ।
काठमाडौँ – भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । नियमका अनुसार नयाँ मूल्य सूची अनुसार पेट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको छ । इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको निगमको भनाई छ ।
धनगढी – कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ । ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन् । उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । थप एक जना घाइते भएका छन् । जिल्लाको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको इशान मेमोरीयल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।