काठमाडौँ – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मोर्चा बन्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्र छिट्टै मोर्चा बनाउने तयारी रहेको बताए ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्र तीन पार्टीबीच मोर्चा बन्ने बताएका हुन् ।
उनले मोर्चाले सकारात्मक रूप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ छ ।
Facebook Comments Box