काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन् ।
राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन जान लागेका हुन् ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमणको तयारी हो । नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि बेलायत भ्रमण हुन लागेको हो ।
यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए ।
Facebook Comments Box