Author: Saru Shrestha

काबुल – फगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ। प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार आज अपराह्न माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज्यान गएको हो। दुर्घटनामा बाबुआमासहित पाँच जना बालबालिकाको मृत्यु भएको छ। छतले किचेर एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी तर उनको अवस्था पनि गम्भीर रहेको निर्देशक गाजीले बताएका छन्। घाइते ती बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। वर्षौँको युद्धले तहसनहस भएको अफगानिस्तानका ग्रामीण क्षेत्रका घरहरू प्रायः माटोले बनेका छन्। भूकम्प, वर्षा र आँधीबेहरीलगायत…

Read More

काठमाडौँ – नेकपा एमालेले पार्टी विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हदको प्रावधान हटाउन माग गर्दै निवेदन परेको छ । काठमाडौँ बल्खु निवासी निमकान्त पाण्डेले एमाले विधानमा राखिएको ७० वर्षे प्रावधान संविधान विपरीत रहेको भन्दै निष्क्रिय बनाउन निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएका हुन् । नेकपा-एमालेको-विधान-सम्बन्धी-निवेदन-1Download

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले आफ्नो निजी चिकित्सकमा नियुक्त गरेका हुन् । बम चिकित्सा अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत छन् ।

Read More

धनगढी – धनगढीमा डिजे बजाउन प्रतिवन्ध गरिएको छ । धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै डिजे बजाउन प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिकाले छिमेकीलाई नकरात्मक असर पुग्ने गरि पटका, डिजे, माईक लगाएतका विद्युतीय बाजाको प्रयोग नगर्नरनगराउन भनेको छ। अटेरी गर्नेलाई कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाको सूचनामा भनिएको छ।

Read More

महेन्द्रनगर – पिथौरागढको बेदिनागस्थित राइगर नजिकको जंगलबाट भारतीय प्रहरीले तीन जना नेपाली कामदारलाई पक्राउ गरी वन विभागलाई बुझाएको छ। पक्राउ पर्नेमा अछामका भरत धामी, लोकेश धामी र गणेश धामी रहेका छन्। उनीहरुलाई सल्लाको खोटो र केमिकलसहित पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ। तीनै जना उक्त क्षेत्रमा मजदुरीको काम गर्थे। सल्लाको जंगलबाट अवैध रुपमा खोटो र केमिकल उत्खनन् गरी बिक्रीका लागि लैजान लागेको शंकामा पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ। बरामद सामानसहित तीनै जनाविरुद्ध वन ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ। प्रहरी निरीक्षक प्रभातकुमारको नेतृत्वको प्रहरी र वन विभागको टोलीले बुधबार गस्तीका क्रममा उनीहरुको साथबाछ ४१ टिन खोटो र १…

Read More

विराटनर – कोशी प्रदेश प्रहरी कार्यालयको एकदिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी–२०७९ आज सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक तथा जुनियर प्रहरी अधिकृतको सहभागिता थियो । प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले अपराध अनुसन्धानकार्यलाई सुधार गर्न अनुसन्धानकर्तामा दक्षताको विकास गरी अनुसन्धानमा प्रभावकारिता हुने विश्वास व्यक्त गरे । उनले अनुसन्धानकर्ता प्रहरीले त्रुटिरहित तवरबाट अनुसन्धान गर्नुपर्ने बताए । उनले पछिल्लो समय प्रविधिको प्रयोग गरी धेरैजसो अपराध बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रविधिमैत्री हुनुको विकल्प नरहेको धारणा राखे ।…

Read More

काठमाडौँ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी)वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने जानकारी गराइन् । उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने बताइन् ।…

Read More

धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका–६ को बयला–डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही पालिका–३ का ३८ वर्षीय दानबहादुर सिजालीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर सिजालीको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

धनगढी – बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा रहेको सुनकुडा नमुना माध्यामिक विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकीएको छ । विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरुले चार महिनादेखी तलब पाउन सकेका छैनन् भने अन्य कामकाजहरु समेत ठप्प भएका छन् । विद्यालय व्यवस्थापन समितिले चयन गरेका प्रधानाध्यापक योगेन्द्र धामीलाई गाउँपालिकाले अख्तियारी नदिएपछि विद्यालयको खाता सञ्चालन हुन नसकेको हो । माघ २६ गते समितिले विगत ४ बर्षदेखी कार्यरत माध्यामिक तह तृतिय श्रेणी शिक्षक धामीलाई प्रधानाध्यापक सिफारिश गरेको थियो । सोही निणर्य र समितिको सिफारिसलाई आधार मानेर शिक्षा विकास तथा समन्वय ईकाई बझाङले धामीलाई फागुन १६ गते प्रधानाध्यापक नियुक्त गरेको छ ।…

Read More

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ । निर्वाचन हुने तीन जिल्लाभर मात्रै आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Read More