महेन्द्रनगर – पिथौरागढको बेदिनागस्थित राइगर नजिकको जंगलबाट भारतीय प्रहरीले तीन जना नेपाली कामदारलाई पक्राउ गरी वन विभागलाई बुझाएको छ।
पक्राउ पर्नेमा अछामका भरत धामी, लोकेश धामी र गणेश धामी रहेका छन्।
उनीहरुलाई सल्लाको खोटो र केमिकलसहित पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ। तीनै जना उक्त क्षेत्रमा मजदुरीको काम गर्थे।
सल्लाको जंगलबाट अवैध रुपमा खोटो र केमिकल उत्खनन् गरी बिक्रीका लागि लैजान लागेको शंकामा पक्राउ गरिएको भारतीय प्रहरीको भनाई छ। बरामद सामानसहित तीनै जनाविरुद्ध वन ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ।
प्रहरी निरीक्षक प्रभातकुमारको नेतृत्वको प्रहरी र वन विभागको टोलीले बुधबार गस्तीका क्रममा उनीहरुको साथबाछ ४१ टिन खोटो र १ सय ५० लिटर केमिकल बरामद गरेको बताइएको छ।
Facebook Comments Box