Author: Saru Shrestha

धनगढी – दार्चुलामा जिप दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ। दार्चुलाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मंगलबार प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जिप दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिपमा सवार भारतीय नागरिक ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको हो। नेगीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस्तै जीपमा सवार अन्य ९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घाइते हुनेमा चालक महाकाली नगरपालिका–२ बुढीचौराका २३ वर्षीय महोन लोथ्याल, भारतीय नागरिक ७ वर्षीय विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी छन्। यस्तै…

Read More

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा गरेको आदेशको पूर्णपाठ सार्वजनिक गरेको छ । अदालतले मंगलबार आदेशको पूर्णपाठ सार्वजनिक गरेको हो । अदालतले यसअघि उनको नागरिकता विवादसम्बन्धी मुद्दामा संक्षिप्त आदेश गरेको थियो । सर्वोच्चको उक्त आदेशसँगै लामिछानेको सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद खारेज भएको थियो । विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई नदिइएको सर्वोच्चको ठहर छ। पूर्णपाठ : https://drive.google.com/file/d/1iE-MfLs9jiXlUaoqM49BFXMDLn_NDaJL/view

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए । आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले…

Read More

काठमाडौँ – नेपालमा लगातार चार दिनदेखि थपिने कोरोना सङ्क्रमितको संख्या शून्य छ । फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने भएकी छन् । २५ फागुनमा हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । ‘फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने योजना छ । उहाँले (नयाँ राष्ट्रपति) ले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ’, राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘सम्भवतः २९ भित्र सरिसक्नुहुनेछ ।’ संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ…

Read More

डोटी – डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।  स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।…

Read More

काठमाडौँ – उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले बताए । पक्राउ पर्नेमा अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो-हल्ला गर्नेहरू छन् । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए । काठमाडौँ उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरेको छ । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मोटरसाइकल साँझ छाड्न थालिएको छ…

Read More

बैतडी – पिकनिक जाँदा मृत भेटिएका राष्ट्रिय अनुसन्धान कार्यालयका एक सूचकको शवको पोष्टमार्टम पछि भिसेरा परिक्षणका लागि राजधानी लगिएको छ । गत १३ गते मृत भेटिएका जीवन बुडालको शव नजिकै विस्फोटक पदार्थ समेत भेटिएपछि थप अनुसन्धान गर्नु पर्ने भएकोले भीसेरा परिक्षण गर्न लागिएको प्रहरीले जनाएको छ । मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा…

Read More

काठमाडौँ – दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका-२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिए । पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए । चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए । चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोस्ट नजिक गाडेको बताइएको छ ।

Read More

काठमाडौँ – नौ दलीय सत्ता गठबन्धनमा ‘पावर शेयरिङ’को विषयमा गृहकार्य सुरु भएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल अघि बढाएपछि प्रदेशसम्म प्याकेजमा भागबण्डा हुन लागेको हो । चुनावअघिको सत्ता गठबन्धन ब्युँताएर प्रधानमन्त्री प्रचण्डपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति बनेपछि प्रदेशको नेतृत्व पनि दाबी गर्ने भएको छ । नयाँ सत्ता समीकरण बनेपछि पावर शेयरिङको विषयमा छलफल भइरहेको नेकपा एसका नेता जीवनराम श्रेष्ठ बताए । नेकपा एसले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्नेबारे आफूहरू छलफलमा रहेको र सबै प्रदेश सरकारमा सहभागी हुने भन्दै उनले भने,‘अब नेतृत्वको विषयमा पनि पावर शेयरिङ गर्दा कुनै प्रदेशको…

Read More