काठमाडौं – भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।
Author: Saru Shrestha
काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताएका छन् । आइतबार सिंहदरवारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरे लगत्तै उनले भ्रमणको तयारीको कामलाई अघि बढाउने बताएका हुन्। उनले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजानेसमेत दाबी गरेका छन् ।
काठमाडौँ – नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउद शपथ लिएका छन्। आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। साउद काँग्रेसका केन्द्रीय सदस्य हुन्।
काठमाडौँ – नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ। उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ। प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने। प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी…
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन् । नेकां मोरङद्वारा आज यहाँ आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे । नेता डा कोइरालाले नेकांका कार्यकर्ताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे । उनले वर्तमान उपनिर्वाचनमा नेकांका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे। नेकांका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व…
बागलुङ – बागलुङको घोडाबाँधे भ्यूटारमा एक सय ९८ देशका झण्डा फहराइएको छ । भ्युटावरलाई विश्व सांस्कृतिक ग्रामका रुपमा विकास गर्न यहाँ झण्डा फहराएर सुरुआत गरिएको हो । जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थलमा पर्ने भ्युटार क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्छ । यहाँबाट उच्च पहाडसँगै दजर्नौँ हिमशृङ्खला देखिने र विदेशी पर्यटकको रोजाइमापर्ने भएको हुँदा भ्युटावरलाई प्रवद्र्धन गर्न थालिएको पर्यटन अभियन्ता कृष्ण केसीले बताए । उनले नयाँ वर्षको अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले प्रचारप्रसारका लागि झण्डा फहराएर सुरुआत गरेको बताए । धौलागिरि–ढोरपाटन वृहत परियोजना तयार गरेर यहाँको विकास गरिने केसीको भनाइ छ । यस परियोजनाअन्तरगत धौलागिरि, निलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रवद्र्धन…
कास्की – पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा खोचमा खसेकी पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुलीको प्रहरीले उद्धार गरेको हो । उनी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीका अनुसार स्मृतिसहित तीन जना साथी मिलेर सेती खोँचमा खेल्न गएका थिए । पोखरा–१५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदी नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
काठमाडौँ – मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई…
रौतहट – रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाउँदा बाटोमा नै मृत्यु भएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन ।
काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति रवि लामिछाने विदेशीबाट सञ्चालित मान्छे भएको बताएका छन् । उनले चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणीसमेत गरे । शनिबार काठमाडौँमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाए । अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको भनाइ छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनले बताए । सङ्घीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिङ्गर बनाइएको उनको भनाइ छ । पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी…