Author: Saru Shrestha

काठमाडौँ – दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा। नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो। पूर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता खड्काको नागरिकता छानबिन गर्न माग राख्दै युवराज पौडेल (सफल)ले उजुरी दिएका हुन्। उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ। राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा। स्वर्णिम वाग्ले, डा। मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको…

Read More

काठमाडौँ – नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवा निवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचरणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ । सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान् र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ । बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए । प्रधानसेनापति प्रभुराम…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो। राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए। राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन्। छातीको तल्लो भागमा पानी जमी समस्या आएकाले आज बिहान अस्पताल गएका थिए।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी किन अहिलेसम्म नबनाईएको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रदेशको राजधानी किन नबनाईएृको र कसले बनाउने हो ? भन्दै प्रधानमन्त्रीको जवाफ पनि माग गरे। उनले तत्कालिन प्रदेश सभाको दुई तिहाई मतले गोदावरी नगरपालीकामा राजधानी तोक्यो । तत्कालिन गठबन्धन, नेकपा एमाले र माओवादीले उनले भने ।तर त्यतिबेला मेरो पार्टी विपक्षमा थियो। “०७५ सालमा घोषणा भए पनि अहिलेसम्म राजधानी निमार्ण नहुनु के हो ? ०७५ सालमा घोषणा भएदेखी अहिलेसम्म राजधानी निर्माण नहुँनु यो के हो ? र म भन्न चाहान्छु , बर्तमान गठबन्धन पनी र गठबन्धनबाट नेतृत्व गर्ने प्रधानमन्त्रीले…

Read More

काठमाडौं – तत्कालीन गृहमन्त्री रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी निर्णयलाई गठबन्धन सरकारले खारेज गरिदिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। अब रविले गरेको उक्त निर्णयमाथि सरकारले छानबिन अघि बढाउने भएको छ। पूर्वगृहमन्त्री लामिछानेले सार्वजनिक खरिद ऐन विपरीतका मापदण्ड राखेर ल्याएको कार्यविधि मन्त्रिपरिषद् बैठकले खारेज गरिदिएको हो। ठेक्का प्रक्रियामा जोडिएको कम्पनीको लाइसेन्स पनि खारेज गरिदिएको एक मन्त्रीले बताए । यसका लागि रविले अघि बढाएको कार्यविधि पनि खारेजीमा परेको छ। मन्त्रिपरिषद् बैठकले यो ठेक्का लगाएर अघि बढाइएको काम पनि बन्द गरिएको छ। सरकारले रविले दिएको ठेक्काका लागि राखिएको धरौटी पनि जफत गरिएको छ। रविले लगाएको ठेक्का सार्वजनिक खरिद ऐन…

Read More

धनगढी – धनगढीमा गुरु जी युनिफर्म सञ्चालनमा आएको छ । सबै प्रकारका तयारी कपडा उपलब्ध गराउने उद्देश्य सहित गुरु जी युनिफर्म सञ्चालनमा आएको हो । सबै जातजाती, धर्म, रितिरिवाजमा लगाइने पहिरन अब गुरु जी युनिफर्ममा उपलब्ध हुने सञ्चालक शतिस जोशीले जानकारी दिए । गुरु जी युनिफर्ममा सम्पुर्ण बिद्यालयका स्कुल ड्रेस लगायत सबै किसिमका तयारी पोसाकहरु उपलब्ध हुने जोशीको भनाई छ । धनगढी मेनरोड माछापुच्छ्र्रे बैकं अगाडी सञ्चालनमा आएको गुरु जी युनिफर्मले सुलभ दरमा सबै किसिमका ड्रेस उपलब्ध गराउने बताएको छ । गुरु जी युनिफर्मको एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् । यस्तो आर्थिक…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालकलाई काठमाडौँ ल्याइएको छ । चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । यसअघि उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको हो । रास्वपा सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्सक र आफन्तको सल्लाहमा काठमाडौँ पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले भेट गरेका छन् । मङ्गलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।

Read More

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ ।

Read More