काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत सङबीच बुधवार शिष्टाचार भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा कार्यरत पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुनस् सञ्चालन गर्नका लागि सेवाग्राहीसँग घुसररिसवत लिएको आयोगले दाबी गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद माग दाबी गरी मुद्दा दायर भएको उल्लेख गरिएको छ ।
धनगढी – नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा अझै पनि एक अर्काको अस्तित्व स्वीकार नगरिरहेको अवस्था छ। एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीले त माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै नमान्ने अभिव्यक्ति दिएका थिए। तर पछिल्लो समय भने ओली समाजवादीप्रती लचक बन्दै गएको देखिन्छ। यहीँ अवस्थामा विद्यार्थीको (स्ववियु) निर्वाचनमा भने एमाले र समाजवादीका विद्यार्थी संगठनबीच तालमेल र गठबन्धन भएको पाइएको छ। केन्द्रमा दुबै पार्टीका नेताहरूबीच कलहको अवस्था हुँदा जिल्लास्तर र तल्लो लेभलमा भने सहमति र तालमेलको माहोल देखिएको हो। भोलि हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिमकै सबैभन्दा ठूलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा यी दुवै पार्टी…
कञ्चनपुर – नेपाल–भारतको सीमावर्ती बजार बनबसाबाट महेन्द्रनगरतर्फ आइरहेका एक युवालाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको छ। अवैध मानिएका भारतीय रुपैयाँसहित बरेलीको इज्जतनगरस्थित खजुरिया जुल्फिकार थाना अन्र्तगत घर भएका करामत खानलाई ४२ हजार भारुसहित भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीसँग कुनै पनि कागजपत्र नभएको र २५ हजार भारु भन्दा बढी रकम नेपाल लग्न नपाउने भएकाले पक्राउ गरिएको बनबसास्थित शारदा बैराज प्रहरीका थानाध्यक्ष लक्ष्मण सिंह जगवाणले बताए। भारतबाट दुई हजार र पाँच सय रुपैयाँका नोट नेपाल ल्याउन पनि प्रतिबन्ध छ। आरोपीको साथबाट बरामद सबै नोट ५ सय रुपैयाँका मात्र थिए। पछिल्ला दिनमा महेन्द्रनगरमा खुलेका क्यासिनोमा भारतीय ग्राहकहरुको ठुलो भिडभाड हुने गरेको…
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ । मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान गर्न सकिने छ । क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन् । नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ । यस्तै २…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा टुँडिखेल पुगेका छन् । मङ्गलवार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन जाँदा राष्ट्रपति पौडेल बिना तामझाम त्यहाँ पुगेका हुन् । राष्ट्रपति पौडेल शीतल निवासबाट टुँडिखेल जाँदै गर्दा सडक पूरा खाली नगराई उनी त्यहाँ पुगेका थिए । सैनिक मञ्चको कार्यक्रम सकेर उनी फर्किदा केही बेर मात्र सडक खाली गराइएको थियो । उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनहरू चल्न थालेका थिए । कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कार, पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी…
काठमाडौं – नेपालको जैविक विविधताकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा राजधानीमा सुरु भएको फिल्ड कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ विषयको पाँंचदिने तालिमको उदघाटन समारोहमा यस विषयमा जोड दिइएको हो । कार्यक्रममा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक डा महेश्वर ढकालले नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न विश्वलाई नै आह्वान गर्न सकिने बताए । नेपालका प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक श्रोत मजबुत बनाउन सकिने सम्भाबना पनि उनले औंल्याए । मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको…
काठमाडौं – पेरिस डाडामा आयोजित नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो। ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्। ७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण…
तिर्थ नेपाली , डोटी – जातीय भेदभाव हाम्रा लागि एकदमै भयानक छ, चुनौतीपूणर् छ र समाजलाई आजसम्म यो पुर्न नसकेको सामाजिक खाडलको रुपमा टिको लागेर बसेका छ।कस्तो बिडम्बना हामी उस्तै मानिस, रातै रगत र फरक फरक पेसा अवलम्बन गरेका एकै किसिम का प्रजाति किन यसरी तँ ठूलो म सानो भन्दै लड्दै छौं होला ? कल्पना गर्दा पनि कस्तो अनौठो लाग्छ आज मलाई हिजोका ती मेरा पुर्खाहरुले कथित तल्लो जात भन्ने आम दाजुभाइ, दिदीबहिनी र बुवाआमालाई हामी तल्लो जात भन्दै घरभित्र पस्न नदिने,उहाँहरूले छोएको पानी खान नहुने र उहाँहरू टाढै बस्नुपर्नेरु त्यो पशु जस्तो व्यवहार सदियौंदेखि हाम्रा ती कथित तल्लो जातका…
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो । सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ ।